सोल ।
दक्षिण कोरियामा एक नेपालीमा मृत अवस्थामा भेटिएका छन । महोत्तरी जिल्लाको बर्दिवास घर भएका वर्ष २५ का प्रकाश थापा मगरको मृत अवस्थामा भेटिएको खवर प्राप्त भएको एन आर एन कोरियाका उपाध्यक्ष साजन शर्माले बताएका छन ।
केही समयदेखि मानसिक तनावमा रहेका मृतक मगर कटुसको रुखमा झुण्डिएको प्रहरीलाई उद्धृत गर्दै भाषा अनुवादकको काम गरिरहेका मुक्त गुरुंगले जानकारी दिएका छन ।
७ महिना अघि मात्र आएका उनी कोरियाको ओईजम्बु नजिक पोछनको कुषि अन्तरगत फिनेल हाउसमा कार्यरत थिए ।
कपाल झर्ने समस्यामा रहेका उनी केही दिन देखि उनी केही चिन्तित बनेको संगै कार्यरत नेपालीले बताएको खवर प्राप्त भएको छ । कपाल झर्ने संगैं अन्य विरामीको आशंकामा केही दिन देखि निराशामा रहेका उनी मानसिक तनावमा देखिएको भनिए पनि घटनाको पोष्टपार्टम रिपोर्ट आउन बाँकी नै छ ।
८ तारिख देखि सम्पर्क विहिन रहेको मृतकलाई खोजी गर्दा बुधबार मात्र झुण्डिएको अवस्थामा भेटिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । शव पोछनकै उरी अस्पतालमा राखिएको मृतकको पोष्टमार्टम रिपोर्ट विहिबार आउने बताइएको छ ।
घटनाको बारेमा मौखिक जानकारी दुतावासमा गराइएको र प्रहरीले आधिकारीक जानकारी गराउने जानकारी दिएको श्रोतलाई उद्धृत गर्दै गुरुंगले जानकारी दिए । घटनाको बारेमा जानकारी आउन बाकी रहेको नेपाली दुतावास दक्षिण कोरियाले जानकारी दिएको छ ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्