कृषिमा लगानिका विषयमा नोभेम्बर १२ तारिकअन्तरक्रिया

कृषिमा लगानिका विषयमा नोभेम्बर १२ तारिकअन्तरक्रिया

परदेशी लाईफ संवाददाता -
0 690

 शिब भुसाल ,सउल, नेपालमा उपयुक्त कृषि क्षेत्रको पहिचान गरि, गर्न सकिने लगानिका सम्भावना बारेमा कोरियाको सउलमा अन्तरक्रिया गरिने भएको छ । कोरियाको किम्हे माईग्रेण्ट हाउस, नेपाल पत्रकार महासंघ कोरिया शाखा र एसिया फोरम नेपालले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त अन्तरक्रिया कार्यक्रमले नेपालमा कृषि क्षेत्रमा रहेका सम्भावना, कृषि क्षेत्रको आधुनिकिकरणसँगै लगानिकालागि उपयुक्त क्षेत्रहरुको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा ईजरायलमा गई कृषि तालिम लिएर तथा कोरियामा कृषि क्षेत्रमा काम गरि नेपाल फर्केर आधुनिक कृषि व्यवसाय गरिरहेका सफल कृषकहरुको पनि सहभागिता रहने कार्यक्रम संयोजक यज्ञराज सुवेदीले जानकारी दिए । एन आर एन ए एसिया प्रसान्त क्षेत्रको संयोजन रहेको कार्यक्रममा सहभागिताका लागी कोरियामा रहेका नेपालीहरुलाई आयोजकले आग्रह गरेको छ ।

कार्यक्रम : मिति: नोभेम्बर १२ तारिक आइतबार

समय : दिनको १:00 बजे स्थान: दुर्गा रेस्टुरेन्ट ,जोङ्गाक स्टेशन (अन्डरग्राउण्ड सभा हलमा)

सम्पर्क नम्बर र ब्यक्ति: 010-6300-0902 यज्ञ राज सुबेदि 010-6453-3050 खेम कार्की 010-3281-4786 बिनोद कूँवर 010-8408-2135 बिमल सुबेदि

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्