ओएनफ कोरियाको गतिशिलता शुरु भयो ःअध्यक्ष सापकोटा

ओएनफ कोरियाको गतिशिलता शुरु भयो ःअध्यक्ष सापकोटा

परदेशी लाईफ संवाददाता -
0 760

बुसान अधिवेशन डिसेम्बर ३१ मा हुने
बुसान , दुर्लभ पोखरेल ।
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष परशुराम सापकोटाले मञ्चको गतिशिलता शुरु भएको बताएका छन । ओ एन एफ बुसान शाखाको किम्हेमा सम्बोधन गर्नुका साथै यस क्षेत्रका सल्लाहकार , पार्टी पदाधिकारी तथा क्षेत्रीय समितिसंग भेटघाट गरेर फर्किएको भन्दै सापकोटाले बुसानबाट संस्थाको गतिशिलता  शुरुवात भएको बताएका हुन ।
गत अक्टुबर ८ तारिख सोलमा भएको अधिवेशनबाट अध्यक्ष भएका सापकोटाले संस्थागत विकासमा सक्रियता बढाएका छन । ओ एन एफको अधिवेशन , पहिलो वैठक र आफूले अध्यक्ष हुदा बनाएका योजना अनुसार पार्टीलाई सुदृढ गरेर लैजाने पनि उनले बताए ।
आजै बुसान शाखाको नियमित बैठकले बुसान शाखाको अधिवेशन डिसेम्बर ३१ मा गर्ने निर्णय पनि गरेको छ । बुसान शाखा अध्यक्ष मिन प्रसाद पोखरेलको अध्यक्षमा बसेको बैठकले उपाध्यक्षहरु नविन ढकाल र मदन भण्डारी तथा सदस्यहरुमा उमेश राई , दिप थापा मगर राजकुमार तामांग र सल्लाहकारहरुमा उमेश घिमिरे र आनन्द अधिकारीलाई सल्लाहकारमा थप चयन गरेको छ ।यसैगरी आजको कार्यक्रममा बुसान क्षेत्रमा सक्रिय रहेका ओएन एफका सुजन पण्डितको विदाई समेत गरिएको छ ।

शाखाले केन्द्रीय अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई दिनुको साथै आगामी अधिवेशनलाई सफल पार्ने विषयमा छलफल गरेको छ । शाखाले चुसकमा भएको भलिबल प्रतियोगितामा सहभागिताको समिक्षा गर्नुको साथै आगामी साता हुने फुटबल प्रतियोगिताको टिम बनाएर त्यसलाई सफल बनाउन हरि थपलिया संयोजक र निर्मल न्यौंपानेलाई  सह–संयोजकको जिम्मेवारी दिएको छ ।
बैठकमा केन्द्रीय महासचिव श्रमद्धिप चौलागाई , सचिव दिपेन्द्र अधिकारी , बुसान ईन्चार्ज ठगेन्द्र न्यौपाने ,केन्द्रीय सदस्य विष्णु बन्जाडे लगायत , सल्लाहकारहरु,बुसान शाखाका पदाधिकारी तथा शुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्