प्रवासी नेपाली मञ्च कोरियाको आईतबार हुने अधिवेशनको तयारी पुरा

प्रवासी नेपाली मञ्च कोरियाको आईतबार हुने अधिवेशनको तयारी पुरा

परदेशी लाईफ संवाददाता -
0 667

सोल । 
प्रवासी नेपाली मञ्च (ओएनएफ)दक्षिण कोरियाको यही अक्टुबर ८ तारिख आइतबार हुन लागेको छैंठौं अधिवेशनको तयारी पुरा भएको छ । अधिवेशनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न ओएनएफ सम्बद्ध पार्टी एमालेकी पोलिटब्यूरो सदस्य तथा प्रवास ईन्चार्ज विन्दा पाण्डे कोरिया आईसक्नु भएको छ ।
अधिवेशनको लागि प्रतिनिधि व्यवस्थापन लगायत कार्यक्रम तयारी पुरा भएको ओएनएफ कोरियाकी कार्यवाहक अध्यक्ष मिना थापा मगरले जानकारी दिनुभएको छ ।
कार्यक्रम अक्टुवर ८ तारिक कोरियाको राजधानी सउल को मेट्रो को ३,६ नं लाईन को बुल्ग्वाङ स्टेसन नजिक रहेको एम।टि।यु को सभाहल मा हुन लागेको हो । कार्यक्रममा उपस्थित भई सफल पारिदिन हुन आयोजकले कोरियामा रहेका विभिन्न संघ संस्था समुदाय तथा नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध गरेको छ ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्