अक्टुबर ५ मा हुने सुपा देउरालीको सांस्कृतिक कार्यक्रमको तयारी पुरा

अक्टुबर ५ मा हुने सुपा देउरालीको सांस्कृतिक कार्यक्रमको तयारी पुरा

परदेशी लाईफ संवाददाता -
0 672

सोल ।
अर्घाखाची सम्पर्क मञ्चले कोरियन पर्व छुसकको अवसरमा अक्टुबर ५ तारिख विहिबार सोलमा गर्ने भनिएको सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरु रामजी खाँड, सम्झना लामिछाने मगर,नेपाल आईडकलका चर्चित कलाकारहरु सुरज थापा र सागर आले , चर्चित डान्सर तथा मोडल रश्मी तामांग,धेरैको क्यारिकेचर र हास्यब्यंगका चर्चित कलाकार दिनेश काफ्ले को जोडदार प्रस्तुती रहने कार्यक्रम संयोजक युवराज पाण्डेले जानकारी दिएका छन ।
कार्यक्रममा सुरज थापाको प्रस्तुतीका लागि कोरियाका नेपाली व्यग्र प्रतिक्षामा रहेका छन । यसैगरी सागर आले , दिनेश काफ्लेको प्रस्तुती धमेकेदार रहने आशा गरिएको छ भने लोकदोहरीका रामजी खाँड र सम्झना लामिछाने मगरले लोक पारखीहरुलाई छमछमी नचाउनेछन । चर्चित डान्सर रश्मी तामांगको प्रस्तुती पनि उत्कृष्ट हुने आयोजकले विश्वास गरेको छ ।

दोङदेमुन नजिक जोङनो ओ –गा मा कार्यक्रम हल हिडेर १० मिनेटमा पुगिने रहेको भएपनि बसको समेत व्यवस्था गरिएको छ । अर्घाखाँची सम्पर्क मञ्च,दक्षिण कोरियाको पहिलो प्रस्तुती रहेको कार्यक्रमको लागि उपस्थित भई सफल पारिदिन कोरियामा रहेका सम्पूर्ण नेपाली संघ संस्था र समुदायमा अध्यक्ष दिना मनि पौडेलले अनुरोध गरेका छन ।
यस्तो छ कार्यक्रमको प्रोमो भिडियो

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्