छुसकमा ३ तारिख किम्हेमा दोर्दी खोला हाईड्रोको फर्म भर्ने अवसर

छुसकमा ३ तारिख किम्हेमा दोर्दी खोला हाईड्रोको फर्म भर्ने अवसर

परदेशी लाईफ संवाददाता -
0 1662

,कोरियाको महान चाड छुसक र नेपालीको महान चाड दशैंको अवसरमा किम्हेमा गर्न लागिएको “दशैं रमझम सांस्कृतिक कार्यक्रम”मा दोर्दी खोला हाईड्रो पावर कम्पनीको फर्म भर्न पाईने भएको छ । नेपालका ख्यातीप्राप्त कलाकारहरु रामजी खाँड, देवी घर्ती मगर र दिपा लामा जस्ता राष्ट्रिय कलाकारहरुको उपस्थितीमा यही अक्टुबर ३ तारिख किम्हेमा हुन लागेको कार्यक्रममा सो अवसर उपलब्ध गराइएको हो ।
सो कम्पनीमा फर्म भर्नको लागि नागरिकता वा पासपोर्टको फोटोकपी र एक प्रति फोटो लिएर आउनुपर्ने बताइएको छ । किम्हेको होमप्लस नजिक सिजिभी हलमा हुने सो कार्यक्रममा किम्हेको बसपार्कबाट हिडेर १० मिनेर र टयाक्सीमा बेसिकमे लाने दुरीमा कार्यक्रम हुदै छ । कार्यक्रममा हाईड्रो सम्बन्धि परामर्शको स्टलद्वारा लगानी सम्बन्धी जानकारी दिइने छ । यस अघि कोरियामा कम्पनीले करिव ३ करोड रकम संकलन गरिसकेको जनाउदै नेपालका ख्यातीप्राप्त कलाकारहरु मनोज गजुरेल र मिना निरौला सहित कम्पनीका डाईरेक्टरहरुको उपस्थितीमा लगानी सम्बन्धि सेमिनार कोरियाको सोल र थेगुमा सम्पन्न गरिसकेको छ ।
सो कम्पनीमा लगानी सम्बन्धि निकै धेरै चासो र सम्पर्क भएको कोरियाको लागि कम्पनीका संयोजक आरपि देवकोटाले जानकारी दिएका छन ।

यसैगरी १२ मेगावाट क्षमताको सो दोर्दीखोलाको निर्माणकार्य तीन वर्षमा सक्ने लक्ष्य रहेको मेरो लगानी डट कमले जनाएको छ । यसैगरी सुवनको कसम रेष्टुरेन्ट, नारायणी रेष्टुरेन्ट थेगुको तारा रेष्टुरेन्ट र किम्हे स्थित किम्हे माईग्रेन्ट हाउसमा समेत फर्म उपलब्ध हुनेछ ।

dordi very new

लमजुङ जिल्लाको दोर्दी गाँउपालिकामा रहेको १२ मेगावाट क्षमताको दोर्दी खोला जलविघुुत आयोजना को निमार्ण कार्य सुरु भएको छ । २०७७ सालको असारमा आयोजनाको निमार्ण सम्पन्न गर्ने लक्ष्य साथ काम गरिरहेको कम्पनीले जनाएको छ ।

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन, वाताबरणीय अध्ययन सकेर निमार्ण कार्य सुरु गरको हो ।

तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत २ अर्ब २९ करोड रहेको छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले एक अर्ब ४० करोडको ऋण लगानी गर्ने भएका छन् । जसका लागि आयोजनाले ती बैंकहरुसँग ऋण सम्झौता गरको छ ।

बाँकी रकम कम्पनीका संस्थापक शेयरधनी तथा अग्राधिकार सेयरधनीहरु मार्फत संकलन गर्ने कम्पनीले जनाएको छ ।

यसै क्रममा कम्पनीले आयोजनामा लगानी गर्न ईच्छुक लगानीकर्तालाई अग्राधिकार शेयर समेत बिक्री गरिरहेको छ । कम्पनीको अग्राधिकार सेयरमा न्यूनतम एक लाख रुपैयाँ लगानी गर्न पाइने कम्पनीले जनाएको छ । एक सय रुपैयाँका दरमा किनिने अग्राधिकार शेयर २०७७ असार मसान्त भित्र स्वत साधारण शेयरमा परिवर्तन हुने कम्पनीले जनाएको छ ।

निर्माण सम्पन्न हुनु पुर्व ब्याजको रुपमा प्रतिवर्ष ७।५ प्रतिशत लगानीकर्ताहरुलाई कम्पनीले प्रतिफल प्रदान गरिने कम्पनीको दाबी छ । कम्पनीले देशविदेशबाट लगानीकर्ता खोजिरहेको छ । केही महिना अगाडि कम्पनीले कोरियाको प्रमुख सहरबाट समेत अग्राधिकार सेयरका लागि आवेदन संकलन गरेको थियो ।

आयोजना संचालक समुह सिईडिबी हाइड्रोले लमजुङ जिल्लामा ४।४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । कम्पनीले रुकुममा ४।३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्