कोरियामा ब्रेन ट्युमरको उपचार गराइरहेका थापालाइ आर्थिक सहयोग गर्न गोरखा परिवारको अपिल

कोरियामा ब्रेन ट्युमरको उपचार गराइरहेका थापालाइ आर्थिक सहयोग गर्न गोरखा परिवारको अपिल

परदेशी लाईफ संवाददाता -
0 164

कोरिया आएको ३ महिनामै ब्रेन ट्युमर बाट पिडित भएका गोर्खाका दिपेश थापालाई उपचार खर्चको अभाब भएको भन्दै नेपाल गोरखा परिवार दक्षिण कोरियाले सहयोगको लागि अपिल गरेको छ l
पिडित थापा करिब ३ साता पहिला कम्पनीको आबस कोठामा एक्कासी बिहोस भएपछी कम्पनीको सहयोगमा अस्पताल पुर्याई चेकजाँच गर्दा ब्रेन ट्युमरको आशंका गरेको थियो l
हाल उनको कोरियाको सुवन स्थित आजु युनिभर्सिटी अस्पताल( 아즈대학교벵원) मा उपचार भैरहेको छ l उनको सोमबार ट्युमरको सल्लेक्रिया समेत सफल भएको नेपाल गोरखा परिवारका अध्यक्ष यदु लामिछानेले बताएका छन् l उनको उपाचारको लागि ठुलो रकम आबस्यक पर्ने अस्पतालले बताएपछि गोरखा परिवारले नेपाली हरु माझ सहयोगको अपिल गरेको हो
उनि कार्यरत कम्पनीले यसभन्दा पहिला नै उनको उपचारमा कुनै पनि सहयोग नगर्ने बताइसकेको छ l
गोरखा परिवारले यसभन्दा पहिला जीवन दवाडी बचाउ अभियानमा संकलन भै बचेको रकम पनि थापाको उपाचारमा खर्च गर्ने बताउदै उक्त रकम एकमुष्ठ रुपमा जम्मा गरिदिनु हुन पनि सम्बन्धित व्यक्ति वा संस्थालाई अपिल गरेको छ l
सहयोगको लागि –
खाता नम्बर -14491043913507( keb hana) shrestha kiran
सम्पर्क –
यदु लामिछाने ०१०५९२३६९१६
किरण बाबु ०१०४८९७७९६७
प्रमिला सिमखडा ०१०६४४८५७०४
मिडिया संयोजन-
किसन गौतम 010-5923-2912
अशोक मैनाली -010-68917287

थप संग्रह

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्