नेपाल आईडलमा यसरी डुबेका हामी नेपाली

नेपाल आईडलमा यसरी डुबेका हामी नेपाली

परदेशी लाईफ संवाददाता -
0 370
 । अशोक पोख्रेल (दक्षिण कोरिया ) सर्वप्रथम त यस्तो किसिमको अन्तराष्ट्रीय स्तरको प्रतियोगिता नेपालमा गरिनु हाम्रो लागी एक गौरवको कुरा हो जसलाइ सबैको समर्थन र सहयोग हुनुपर्छ अनी सफल बनाउनु पनी पर्छ । सुरु बाट अहिले सम्म Nepal Idol लाइ नजर गर्दा ~ नेपाल आईडल :-​ -
एक अन्त राष्ट्रीय स्तरको गायन प्रतियोगिता -
विश्वका हरेक देशहरुमा चलिरहेको प्रतियोगिता -
आफ्नै संरचना र मापदण्ड अनुसार हुने प्रतियोगिता -
ठुलो लगानी र खर्चको प्रतियोगता -
ठुलो धनराशी पुरस्कार भएको प्रतियोगिता -
संगित क्षेत्रलाइ ठुलो उचाईमा पुर्याउने प्रतियोगिता -
गला र कला भएका ब्यक्तिहरुलाइ निखारेर ल्याउने – सबैको चासो र नजरको प्रतियोगिता * छनौट प्रक्रिया :- – देशका हरेक कुना-कुनाबाट छनौट गरिने – प्रतेक चरणमा एउटा नियममा रहेर गरिने – आयोजकले छनौट गरेका जजहरुबाट सन्चालन गरिने – हरेक प्रकारका नेपाली गितहरु गाउनुपर्ने – विभिन्न गल्ति र कमि-कमजोरिबाट निखारिंदै आइने – प्राय जजहरु आलोचित र विभादित पनी हुने * दर्शकहरुको नजर :- – सबैको चासो र हेराइको कार्यक्रम – आफ्ना-आफन्त गएको हेर्न चाहने कार्यक्रम – प्रतियोगिहरुलाई शुरुबाट नै रोजाईमा राख्ने कार्यक्रम – दर्शकोहरुको फरक-फरक हेराइ ( गला र प्रस्तुतीको – आधारमा, आफन्तको आधारमा, जातिय-क्षेत्रिय आधारमा आदी..) – आफ्नो बुझाइको आधारमा सहयोग र समर्थन खुलेर नै हुने – आक्रोश, खुशी अनि आरोप-प्रत्यारोप जस्ता संवेगहरु सकेसम्म प्रयोगमा आउने ( रहने) – आफ्नो गल्ति कम्जोरीसंग अपरिचित हुने अनी जज, -
ASHOK
अतिथी जज सबैको गल्ति कमजोरी मजाले देख्ने – आफ्नो रोजाइको प्रतियोगीको बचाउ र समर्थनमा चुपलागेर बस्न नसक्ने * निर्णायक मन्डली :- – जिम्मेवारी पुरा गर्न धेरै कठिन – बोल्दा-बोल्दै धेरै कुरा खुस्कने – जजको सानो बोलिले ठुलो भुमिका खेल्ने – जज वा अतिथी जजहरु प्रायः विवादमा आइरहने – बोल्दा वा कमेन्ट गर्दा धेरै वुद्धी पुर्याउनु पर्ने * प्रतिस्प्रधीहरु :- – ठुलो सपना लिएर आएका हुन्छन – प्रतिभालाई राम्ररी देखाउने बाटोमा हुन्छन – जजहरुको राम्रो कमेन्टको आशामा हुन्छन – दुखी,भावुक र खुशी हुन्छन – जति खुड्किलो चड्दै गयो उती उत्साहित, मेहनती र आशावादी हुन्छन – पछि सम्म नै जानसक्नेहरु वास्तवमा नै निखारिएर आउँछन, धेरैको रोजाइ र नजरमा बस्न सफल हुन्छन हामी सबैले भन्दै आएको र हेर्दै आएको Npal Idol लगभग यस्तै हुन्छ अनी यस्तै-यस्तै कुराहरुले समेटिएर बनेको छ पनी ।
वास्तवमा भन्नुपर्दा आयोजक, प्रतियोगी र दर्शकको त्रिपक्षिय मिलन नै यो कार्यक्रम हो । जसमा आयोजक – कसरी कार्यक्रम सफल बनाउने, कसरी नाफामुखी बनाउने, कसरी सभ्य र भब्य बनाउने भन्ने तर्फ नै सक्रिय हुन्छ । सहभागी प्रतियोगी – कसरी आफ्नो प्रस्तुती झनै राम्रो पार्ने, कसरी दर्शक र समर्थकको मन जित्ने, कसरी सबै भन्दा राम्रो हुने र टाइटल हाता पार्ने यसैको सेरोफेरोमा केन्द्रीत रहन्छन । दर्शक- कसरी आनन्द लिने र रमाउने, कुन वहानामा आफ्नो रोजाईको प्रतियोगीलाइ विजय गराउने, सहयोग र समर्थनलाई कसरी प्रभावकारी वनाउने यस्तै-यस्तै वरीपरी रहन्छन । समग्रमा रहेर भन्नुपर्दा कार्यक्रम वा Nepal Idol मा यिनै कुराहरु आउँछन ।
तर यति र यस्तो हुँदा-हुँदै पनी हामी नेपाली दर्शकहरुको बुझाइ, हेराइ साँगुरो र नकारात्मक पाटोमा बढी गएको देखीन्छ। प्रतिभाको कदर भन्दा पनी आफ्नो रोजाइमा बढी सक्रिय भएको पाइयो, जजहरुको सकारात्मक पाटोमा प्राय कसैको पनी ध्यान गएको देखिएन, भएका र देखिएका कमि-कमजोरीहरुलाइ खबरदारीको सट्टा नङग्याउने तिर बढी सक्रिय रहेको नै भेटीयो, आफ्नो रोजाइको लागी जातिय नारालाई साहारा बनाइयो, यी पक्षहरु हाम्रो लागी दुख कै कुराहरु हुन । मह काड्ने ले हात चाट्छ भन्ने उखान नै छ यतीको कार्यक्रम त्यसै चल्दैन, आर्थिक पक्ष आउँछ नै खाली लुट्ने र भुट्ने कुरा मात्र दिमागमा राखेर आरोपको मैदानमा रमाउन मात्र ठिक हैन ।
कार्यक्रमको फरमेट अनुसार आयोजकले जान पाउँछ जुन भारतीय आइडलमा पनी भएको थियो जसलाइ अन्यथा लिनुपनी हुँदैन । कार्यक्रम सफल पार्ने र नाफा कमाउने उद्देश्य प्राय आयोजकले लिन्छ नै त्यसक नै निरन्तरता जस्तो लाग्छ मलाइ । अत: हाम्रो संकुचित हेराइ, नकारात्मक खेदाइ अनि आवेशका प्रतिक्रिया बाट वाहिर आउन आवश्यक छ । टाउको दुखाएर भन्दापनी रमाएर कार्यक्रमको सफलतामा जानु राम्रो देखीन्छ ।अहिले भएका चार जना नै हाम्रो यस कार्यक्रमका आइडल हुन, सबैको उज्जवल भविष्य को कामना भन्नैपर्छ अनि राम्रो प्रतिभाको कदर गर्नैपर्छ । नेपालमा भित्रिएको पहिलो यो कार्यक्रम Nepal Idol सफल बनोस, सभ्य अनी भब्य बनोस कामना ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्