गजेदो कोरियामा वृहत् अन्तरक्रिया कार्यक्रम सप्पन्न ।

गजेदो कोरियामा वृहत् अन्तरक्रिया कार्यक्रम सप्पन्न ।

pardeshi ok logo 
नेपाली राजदुताबास दक्षिण कोरियाले अायोजना गरेको बिशेष अन्तरक्रिया कार्यक्रम डेउ नेपाली एकता समाज दक्षिण कोरियासंग सहकार्य गर्दै यहि JUNE 25 तारिख अाइतवारको दिन गजेदो DSME कम्पनीको एक हलमा सु-सम्पन्न भएको छ।

नेपाली राजदुताबास दक्षिण कोरिया द्धारा JUNE 25 तारिखको दिन अायोजित अौपचारिक कार्यक्रम हुनुभन्दा पहिला केहि समय दक्षिण कोरियाका लागी नेपाली राजदुत महामहिम अर्जुन जंग बहादुर सिंह लगायत दुताबासबाट अाउनु भएका प्रतिनिधिलाई झण्डै सात सय नेपाली कामदार रहेको DSME कम्पनीको बारेमा स्थलगत निरक्षण DSME कम्पनीका उपाध्यक्ष लगायत बिशिष्ठ ब्यक्तीत्वहरू र डेउ कम्पनीमा कार्यरत नेपालीहरूको प्रसासनिक संयोजक द्धय मेघराज ज्ञावली र दिनेश पौडेलको उपस्थितिमा गराइएको थियो।

उक्त अौपचारिक कार्यक्रम नेपाली राष्ट्रिय गित बझाउदै सुचारू गरिएको थियो। कार्यक्रमको सुरूवातीमा यसै कम्पनीमा काम गर्दै अाउनु भएका स्व. उमेशचन्द्र पौडेल र स्व. लाल बहादुर थापा लगायत दक्षिण कोरियामा बिभिन्न कारणले दिवंगत हुनुभएका सम्पुर्णको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको थियो।

नेपाली राजदुताबास दक्षिण कोरियाले झण्डै सात सय नेपाली कामदारलाई रोजगारी दिएकोमा DSME कम्पनीलाई धन्यबाद सहित कदर पत्र समेत प्रदान गरेको थियो।

कार्यक्रमको सुरूवातीमा डेउ नेपाली एकता समाजको उपाध्यक्ष तेज कडायतले स्वागत मन्तव्यबाट उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथीको रूपमा मन्तव्य राख्दै दक्षिण कोरियाका लागी नेपाली राजदुत महामहिम अर्जुन जंग बहादुर सिंहले दिनानुदिन कोरियामा भइरहेको नेपालीहरूको मृत्युको घटनाले अाफु निकै दुखिद भएको। र यस्ता बिद्यमान समस्याहरू समाधानका लागी न्युनिकरण गर्दै सामाधान गर्न अाफु प्रतिबद्ध भएर लाग्ने कुरा बताउनु भयो। साथै नेपालीहरू जता गए पनि ईमान्दारीताका साथ लगनशिलताले काम गर्ने भएकाले सबैको प्रिय बन्ने गर्छन, कोरियामा पनि बिगतमा कमाएका नेपालीहरूको प्रतिष्ठाको बिरासतलाई अाफु सुरक्षित रहदै यहाँ अाउने सबैले जोगाइ राख्नु पर्ने बताउनु भयो।

त्यसै गरि उपनियोग प्रमुख किरण शाक्यले यहाँ कार्यरत श्रमिकहरूको समस्या र दुतावासले गर्न सक्ने कानुनी प्रकृया बारे प्रकाश पार्नु भएको थियो भने श्रम सहचारी रमेश गैरेले दुतावासले दिने सेवा सुबिधाहरू बारे चर्चा गर्नु भएको थियो।

त्यसै गरि कोरिया मा विगत 15 बर्ष देखि सामाजिक क्षेत्रमा कृयाशिल,NRN korea का संस्थापक उपाध्यक्ष ,NRNA,Icc प्रतिनिधि त्रिभुवन विश्वविद्यालय बाट Msc गरेका , सन 2005 मा कोरिया को सनमुन विश्वविद्यालय बाट वायोकेमेष्ट्री मा विद्या वारिधी गरेर अहिले अनुसन्धान गरिरहेका बैज्ञानिक डा. देवी बहादुर बस्नेतले नेपालमा लगानीका सम्बन्धमा प्रशीक्षण दिदैं कोरियाबाट हासिल गरेका ज्ञान सिप र दक्षतालाई स्वदेशमा प्रयोग गरि कोरिया आएर स्वदेश फर्केका युवा हरु आफू उद्यमशिल बनेर अरु लाई रोजगारी दिनुपर्ने बताउनुभयो ,उहाँ ले एउटा सुन्दर घर भन्दा पनि एउटा् सानो व्यावसाय संचालन गर्ने सोच बनाउन सुझाव दिनुभयो । लगानीको वातारण बने कोरियाको 40,000 नेपालीहरूले मात्रै पनि मुलुक समृद्ध बनाउने बताउनु भयो।यसका साथै कोरिया मा नेपाली हरु कामदार मात्रै नभएर विभिन्न पेशा व्याबसायी ,विद्यार्थी ,विद्वान बुद्धिजीवी ,प्राध्यापक ,चिकित्सक ,इन्जिनियर हरु पनि प्रसस्तै रहेकोे ले उनीहरु र नेपाली कामदार हरु ले सम्पर्क लाई बढाएर आफ्नो ज्ञान् अनुभव हरु साटासाट गर्दै विभिन्न सेमिनार हरुको आयोजना गरे कोरिया मा देखिएका विद्यमान समस्या हरु लाई न्यूनीकरण गर्न सकिने बताउनु भयो।

शिक्षण अस्पताल महाराजगञ्जका न्युरो सर्जन बिशेषज्ञ डा. गोपाल सेढाइले सुतेको सुतेइ (SUDDENLY DETH ) हुने समस्या बारे बिशेष जानकारी दिदैं यसको रोकथाम तथा उपचार सगै सतर्कता नै प्रमुख भएको बताउनु भयो। यसका साथै उहाले हाडजोर्नी तथा न्युरो सम्बन्धी पनि बिशेष जानकारी दिनुभयो।

साथै कोरियामा नेपालीहरूलाई पर्ने बिभिन्न समस्यालाई समाधान र सामाजिक कार्यहरू गर्दै समाजसेवीको रूपमा चिरपरिचित पाष्टर यग्यराज सुवेदीले कोरियाली स्वास्थ्य चौकी बाट स्वास्थ्य सम्बन्धी दिइने सुबिधाहरू बारे चर्चा गर्दै अापत बिपत परेका नेपालीहरूलाई हरदम सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।

कार्यक्रमको समापन डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुवर्मा लिम्बुले गर्दै उक्त अन्तरक्रिया कार्यक्रम ले गजे क्षेत्रमा काम गर्ने अत्याधिक नेपाली हरु लाई टेवा पुर्‍याएको बताउनु भयो । कार्यक्रम सञ्चालन उपनियोग प्रमुख किरण शाक्य र डेउ नेपाली एकता समाजका सह-सचिव भोज बहादुर रानाले गर्नुभएको थियो । कोरियाका विभिन्न शहरहरुमा यस्ता किसीमका कार्यक्रमहरु समयानुकूल भइरहनुपर्दछ । बधाइ अनी धन्यवाद नेपाली दुतावास कोरिया अनी डेउ नेपाली एकता समाज गजेदो कोरिया ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्