हारिने डरले गरिएको चुनावी तालमेल ले नै नेतालाइ यसरी हराउने भयो ।

हारिने डरले गरिएको चुनावी तालमेल ले नै नेतालाइ यसरी हराउने भयो ।

परदेशी लाईफ संवाददाता -
0 1158

लामो समय देखी हुननसकेको स्थानीय तहको निर्वाचन मुखैमा आइरहेको सन्दर्भमा हाम्रो देशको वातवरण नै बेग्लै बनेको छ भने चुनावी समाचारको लर्को नै देखीन थालेको छ । सत्य र प्रष्ट कुरा भन्नुपर्दा पहिले देखी जरा गाडेका पुराना पार्टीहरु ( एमाले, कांग्रेस, माओवादी, राप्रपा,मधेसवादी …) र पछिल्लो समयमा उदाएका नयाँ पार्टीहरु ( नयाँशक्ती नेपाल, विवेकशिल नेपाली, साझा पार्टी ….) आ-आफ्नै किसीमले चुनावी मैदानमा उत्रिएकाछन,। जे जसरी फुटे पनी, जुटेपनी पुराना भनीएका पार्टीहरु पुरानै ब्यबस्थामा रहेर जनता र देशको मुहार फेर्न कसिएकाछन भने नयाँ उदाएका वा नयाँ भनीएका पार्टीहरु पुरानो ब्यबस्थाले देश र जनताको विकास र निकास हुन सक्दैन अब नयाँ ब्यबस्था र भिजन अनुसार मात्र जनता र देशको मुहार फेर्न सकिन्छ भनेर जुटीरहेकाछन,। झिलीमिली झन्डा र बजागाजामा नाच्दै दौडीरहेका कार्यकर्ता ( नेपाली जनता) हरुलाइ हेर्दा त विजय नै भइसकेको अनुभुती जस्तो पनी देखीन्छ। नगरपालिका र गाउँपालीकाको संख्या र संरचनाका साथमा यती धेरै अधिकार भएर पनी होला सबै पार्टी र नेताहरुको चुनावी घोषणा पत्र र चुनावी गितको तालमा मेचघुमाई नै चलिरहेको छ ।
चुनावी मतपरिणामले जे वताए पनी यसो अनुमान गर्दा आफ्नो पार्टीले जित्ने क्षेत्र मा एक्लै अनी कम सम्भावना भएको क्षेत्रमा अचम्मै( हुनै नसक्ने) किसीमको तालमेल भईरहेको छ । दलहरुको चुनावी तालमेललाई मोटा-मोटी रुपमा हेर्दा यस्तो देखीन्छ :-
१. माओवादी केन्द्र + नेपाली कांग्रेस
२. नेकपा एमाले + राप्रपा
३. नयाँशक्ती + संघिय समाजवादी फोरम नेपाल
४. अन्य …….
यसो भनिरहंदा यो पनी भन्नै पर्छ की नयाँशक्ती नेपालले आँखा चुनाव चिन्ह लिएर चुनावी मैदानमा आउँदा अर्थात आन्दोलन नै गर्दा पनी आँखा चुनावी चिन्नह नपाएको हो जसको बाधक निर्वाचन आयोगको नियम र नियमवाली नै देखाइएको छ । निर्वाचन आयोगको सुझाव अनि संघिय समाजवादी फोरम नेपालसंगको सहमती अनुसार नै यी दुई पार्टीको एउटै चुनाव चिन्ह मसाल भएको जानकारी छ । यसकारण यी दुवै पार्टीको तालमेल अली फरक किसीमको देखीन्छ, बाध्यात्मक देखीन्छ । तर चुनावी तालमेलको कुरा गर्नुपर्दा पुराना र ठुला मानीएका कांग्रेस – माओवादी केन्द्र,एमाले -राप्रपा जस्ता पार्टीहरुको पालीका,नगरपालिका र महानगरपालिका जस्ता क्षेत्रहरुको प्रमुख पदहरुमा नै तालमेल भएको छ । अरु बेला एक-अर्कालाई गाली गर्ने अनि सोच र बिचार नै फरक भएका यी पार्टीहरुका चुनावी तालमेल लाइ सबैले अप्राकृतिक नै भनेका छन भने कार्यकर्ताको ठुलै असन्तुष्ट देखीन्छ । आफ्ना पार्टीका ठुला नेताहरुले गरेको यस्तो चुनावी तालमेलको विरोध गर्दै शेर बहादुर देउबाको पुत्ला समेत जलाउने काम भएको समाचार पनी छ भने म कांग्रेसको कार्यकर्ता हुँ तर भोट एमालेलाइ दिन्छु भन्ने किसीमका असन्तुष्टीका बोलीहरु पनी देखीन थालेकाछन । उता माओवादी केन्द्रमा पनी पार्टी पंतिमा ठुलै असन्तुष्टी देखीएको छ । राजावादी राप्रपा संग मिल्ने एमाले कस्तो कम्न्युस्ट हो भन्दै असन्तुष्ट गर्नेहरु पनी प्रसस्तै छन । पुराना र ठुला भनिएका दलहरुले एक्लै चुनावी मैदानमा नगएर यसरी गरिएको तालमेलको प्रति विरोध गर्ने, प्रश्न गर्ने र अचम्म मान्नेहरुको संख्या पनी ठुलै छ । ठुला नेताहरुले गरेको यस्तो तालमेल प्रति विभिन्न प्रश्नै – प्रश्न तेर्सीएका छन :-
** के रुखमा भोट दिंदै गरेका सबै मानिसहरुले हँसिया र हतौडामा भोट दिन्छन त ??
** के हँसिया र हतौडामा भोट दिंदै आएका सबै मानिसहरुको मनले रुखमा भोट दिन मान्छ त ??
** के गाईमा मात्र भोट दिंदै आएका सबै मानिसहरुले कम्न्युस्टहरुको सुर्यमा भोट दिन्छन त ??
** के सधैं सुर्यमा भोट दिएर आइरहेका मानिसहरुले राप्रपाको गाइमा छाप लगाउन हात जान्छ त ?? आदी ईत्यादी ….।

कार्यकर्ताहरुको यस्तो विरोध र असन्तुष्टीको आधारमा भन्ने हो भने सबैले यो गर्दैनन् । जसरी नेताहरुले सजिलो संग तालमेल गरे त्यसरी नै जनताहरुबाट मत आउने देखीदैन । कुनै पक्ष-विपक्षको नजर नराखी भन्नुपर्दा नेताहरुले गन्ती गरेजती र भनेजती मतसंख्या अवश्य नै नआउने देखीन्छ अझ भन्नै पर्दा बदलाको लागी अर्को पार्टीमा मत जाने देखीन्छ । हुपनी कार्यकर्ताको मनले नै नमानेको पार्टी र चुनाव चिन्हमा कसरी समर्थन गर्नु र !! कसरी मतदान गर्नु र !! चानचुने कुरा हैन यो । त्यसैले यस्ता विभिन्न घटना क्रमहरुको आधारमा सजिलै भन्न सकिन्छ दलहरुको चुनावी तालमेल कुरामा हुन्छ ब्यबाहारमा हुन्न भन्दा फरक नपर्ला । अनी हारीने डरले गरीएको चुनावी तालमेल ले नै नहराए अर्को के चैं पो हुन्छ र !!

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्