ओएनफ बुसानमा मिनराज पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

ओएनफ बुसानमा मिनराज पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

अप्रिल २ तारिख किम्हे बजार सरसफाई गरेर कार्य शुरुवात गर्ने
बुसान , संवाददाता

,प्रवासी नेपाली मंच  दक्षिण कोरियाको बुसान शाखामा मिनराज पोखरेलको अध्यक्षतामा नया कार्यसमिति गठन भएको छ । आईतबार किम्हेमा भएको चौथो अधिवेशनले सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरेको हो । समितिका सम्पूर्ण पदाधिकारीहरुमा

onf 3
अध्यक्ष ः मिन राज पोखरेल
उपाध्यक्ष ः दिपेन्द्र अधिकारी
उपाध्यक्ष ः विष्णु बन्जाडे
उपाध्यक्ष ः भिमसेन घिमिरे
सचिव ः तुलसी चौधरी
सह सचिव ः कमल आचार्य
कोषाध्यक्ष ः निर्मल न्यौपाने
सदस्यहरु ः आर छिरिङ शेर्पा
नेत्र प्रसाद लम्साल
राम प्रसाद चौलागाई
केशव प्रसाद रोकाया
विवेक काफ्ले
खेम थापा
चन्द्र थिंग लामा
विनोद रिमाल रहेका छन ।
यसैगरी नया कार्यसमितिको आज बसेको पहिलो वैठकले सल्लाहकारहरु समेत चयन गरेको छ ।
सल्लाहकारहरु
यज्ञराज सुवेदी
खेम कार्की
एल वि विष्ट
दुर्गा प्रसाद दहाल
हरि थपलिया
ओ एन एफ कोरियाका कार्यवाहक अध्यक्ष मिना थापा मगरको प्रमुख आथित्यमा भएको अधिवेशनका विशेष अतिथिहरुमा द.डेमिक्रेटीक पार्टी कोरियाको आप्रवासी उपसमिति केन्द्रीय उपाध्यक्ष यज्ञराज सुवेदी , बुसानका सक्रिय समाजसेवी तथा एन सी सी बुसानका पूर्व अध्यक्ष एल वि विष्ट रहेका थिए ।

onf 233यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष खेम कार्की , एन सी सी कोरियाका उपाध्यक्ष भुवन बस्नेत , ओएनएफ कोरियाका उपाध्यक्ष महेश्वर भण्डारी, महासचिव शिवलाल पन्थी,सविच तथा बुसान ईन्चार्ज सन्जीव राई कोषाध्यक्ष आनन्द अधिकारी लगायत ओएनफएका केन्द्रीय समितिका
पदाधिकारीहरुको समेत उपस्थितीरहेको थियो । कार्यक्रममा लागि एन आर एन ख्यंगनामका अध्यक्ष मधुसुदन महत, जन सम्पर्क समिति बुसान अध्यक्ष सुवास थापा मगर, अन्तराष्ट्रिय नेपाली समाजका क्षेत्र नं. १ का अध्यक्ष मदन थापा मगर लगायत, उमसंग नेपाली समाजका बुसानका अध्यक्ष आनन्द कोईराला लगायतको सहभागिता रहेको थियो ।

बुसान किम्हे क्षेत्रका ओएनएफ समर्थकहरुको बाक्लो उपस्थिती विच सम्पन्न अधिवेशन अधिवेशन आयोजक कमिटीका अध्यक्ष दुर्गा दहालको सभापतित्वमा भएको कार्यक्रममा कार्यसमितिका पूर्व सदस्य समेत रहेका दिपेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने पुर्व सचिव समेत रहेका मिन राज पोखेरेलले कार्यक्रम सन्चालन गरेका थिए ।

on 14
अध्यक्षमा चयन भएका पोखरेलले अध्यक्ष तथा टिम निर्माणमा धेरै संख्यामा उपस्थित समर्थक तथा शुभेच्छुकहरुलाई धन्यवाद दिदै शाखाको अधिवेशनमा समेत देखिएको उत्साहले नेपालभरी एमालेको जनलहर प्रमाणित भएको बताए ।
कार्यक्रममा ओएनएफ कोरिया उपाध्यक्ष महेश्वर भण्डारीको संयोजकतमा निर्वाचन कमिटीले दोश्रो शत्रमा नया कार्यसमिति चयन गरेको हो भने नया कार्यसमितिलाई कोरियाका कार्यवाहक अध्यक्ष मिना थापा मगरले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।
on 12आज बसेको ओएनएफ बुसानको पहिलो वैठकले यही अप्रिल २ तारिख किम्हे बजार सरसफाई गरेर आफ्नो कार्य शुरुवात गर्ने निर्णय गरेको छ ।विदेशीहरुको बढि उपस्थिती हुने किम्हे बजार क्षेत्रमा सरसफाई तथा विदेशीहरुलाई चेतनामुलक जानकारी दिने फोहर संगै साकेतिक रुपमा बुसान किम्हे क्षेत्रमा सामाजिक सरसफाई समेत गर्ने समितिले लक्ष्य बनाएको बताईएको छ ।
समितिका अध्यक्ष मिनराज पोखरेलले बुसान किम्हे क्षेत्रका नेपालीहरुलाई विहान ९ बजे किम्हे बजार सरसफाई अभियानमा उपस्थित हुन समेत अनुरोध गरेका छन ।

on 11 यसैगरी कार्यक्रमका संयोजक दुर्गा प्रसाद दहालले कार्य सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन ।

on 13 on9

on 10

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्