कोरियामा अनलाईन खरिद गर्दा ठगिने क्रम बढयो (भिडियो सहित)

कोरियामा अनलाईन खरिद गर्दा ठगिने क्रम बढयो (भिडियो सहित)

बुसान,दक्षिण कोरिया ।

दक्षिण कोरियामा अनलाईन खरिदको नाममा नेपालीहरु समेत ठगिने क्रम बढेको छ । कोरियाको गजेमा काम गर्ने भक्तपुरका सुदिप राउतले आफ्नो ६ लाख वन ठगिएको बताए । एप्पलको म्याकबुक सस्तोमा
अनलाईन मार्फत किन्न खोज्दा उनी ठगिएका हुन । बाहिर भन्दा ४ गुणा सस्तो पाएर अफर होला भनि किन्न खोज्दा ठगिएको उनको भनाई छ । यसैगरी उनले अर्का नेपालीको १० लाख वन ठगिएको गजेमा ११ तारिख शनिवार जात्रा फिल्म प्रदर्शन अघि एक कार्यक्रम विच दुखेसो पोखे ।

उनले सस्तोमा सामान पाउने लोभमा आफू ठगिएको भन्दै अरुलाई समेत सचेत रहन सुझाए । कार्यक्रममा नेपालीहरुलाई अनलाईन ठगीमा सचेत गराउन समय लिएर बताउन आएका गजेदो स्थित प्रहरी कार्यलयका एक प्रतिनिधिले अनलाईन सपिंगमा नेपाली संगै विदेशहरु ठगिने क्रम बढेको बताए । डिएसएमई कम्पनीका नेपाली क्याप्टेन दिनेश पौडेलले कोरियन प्रहरीलाई उदृत गर्दै अनलाईन सपिंगमा नेपाली सहित विदेशी ठगिएको भन्र्दै सतर्क रहन सुझाएको बताएका छन ।

कार्यक्रममा उपस्थित कोरिया गजेदो प्रहरी कार्यलयका एक प्रहरीले कोरियामा अनलाईन शपिंगको नाममा सस्तो दिने भन्दै अनेक प्रलोभन देखाएर ठगिएको बारे गुनासो बढेको बताएका छन ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्