सोल,नोभेम्बर ३० ।

 कोरियामा रहेका पुर्बान्चल क्षेत्र सङ्ग सम्बन्धित १६ सस्थाहरुको छाता सस्था पुर्बान्चल सरोकार समाजको प्रथम अधिबेशन सर्बसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

purba-2” पुर्बान्चल सरोकार समाजको सामुहिक लगानिको अभियान , आर्थिक बिकास र समृद्द नेपाल हाम्रो स्वाभिमान ” भन्ने नाराका साथ सम्पन्न अधिबेसन बाट समाज सेवि एबम सरोकार समाजको तदर्थ समितिका सम्योजक काजी नेपाल को अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्य समिती चयन गरिएको छ । अन्य पदाधिकारीहरुमा क्रमश : प्रकाश राई बरिष्ठ उपाध्यक्ष , अमृत राई उपाध्यक्ष , गणेश घिमिरे उपाध्यक्ष ,राजु थापा महासचिब , नवीन गुरुङ सचिब , सुशील मैनाली कोषाध्यक्ष रहेका छन । सदस्यहरुमा :- हरि खनाल , सन्तोष मादेन , सन्तोष श्रेष्ठ , परदेश राई , जीवन थापा , सुभद्रा पालुङ्वा , सोनिया राई , मान सिङ गुरुङ , भुपालमान बस्नेत , बालकृष्ण बान्तवा , राजु लिम्बू , उमेश मगर समीर पौडेल , राम प्रसाद उप्रेती , एकल यात्री कुसुम र गणेश कालिकोटे रहेका छन ।

purba-5सरोकार समाजको प्रथम अधिबेशनलाई सम्पूर्ण अतिथिहरुको उपस्थितीमा पानसमा बत्ती बालेर उदघाटन गर्दै प्रमुख अतिथी कोरियाका लागि नेपाली कार्यबाहक राजदुत किरण शाक्यले नेपालको बिकासमा निजि क्षेत्रको लागानीको आबस्यकता औलाउदै पुर्बान्चल समाजले लगानिका लागि गर्ने सामुहिक पहलमा दुताबास र नेपाल सरकारको तर्फबाट आबस्यक सम्पुर्ण सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाले नेपाल प्राकृतिक स्रोतको धनी हुदा हुँदै पनि राजनितिक अस्थिरता र सन्क्रमण काल लम्बिनाले दक्षिण एसियामा नै बिकासमा पछि परेको हुदा प्रबासी नेपाली ले सस्थागत रुपमा मुलुकलाई समृद्ध बनाउने योजना बनाउनु एकदमै खुसीको कुरा हो भन्दै पुर्बान्चल सरोकार समाज को अधिबेसनलाइ सुभकामना दिनु भएको थियो ।

purba-3अधिबेशनका अतिथी गैर आबासिय नेपाली संघ का आइ सि सि प्रतिनिधि एबम  र सरोकार समाजका सल्लाहकार समेत रहेका के पि सिटौलाले कोरियामा नेपाली सामाजिक सस्थाहरु असन्ख्य रुपमा भएको बेला आपसी हितको लागि १६ वटा संस्थाको कार्यगत एकता गरि प्रबासी नेपाली श्रमिकको सीप र पैसा लाई स्वदेशमा नै लगानी गर्न पुर्बान्चल सरोकार समाजको स्थापना भएको हो ।२००७ देखि नै छल्फलमा रहे पनि ७ बर्ष पछि २०१५ मा मात्र यस्लाइ सबल रुप दिन सकिएको हो र यस्ले केबल सामाजिक र लगानी सम्बन्धी काम मात्र गर्ने जानकारी दिनु भयो ।

उहाले यस समाजका गतिबिधी कुनै पनि संस्था , बिचार र भेगको बिरुद्दमा नभै सबै सङ्ग सहकार्यका निम्ति नै हो भनेर प्रस्ट पार्नु भयो । कार्यक्रममा एन आर एन कोरियाका संरक्षक ध्यान राई , एन आर एन उपाध्यक्ष लक्ष्मी गुरुङ, एन सि सि कोरियाका अध्यक्ष प्रेम साह , समाजसेवि लोचन राई , भिम चेम्जोङ ,वीर कुमार वलि ,पत्रकार महासंघ कोरियाका अध्यक्ष खेम कार्की ,जनजाती महासङका चित्र मोक्तान लगायत विभिन्न सामाजिक र राजनितिक संघ सस्थाका प्रमुखहरुले सुभकामना मन्तब्य दिनु भएको थियो । प्रकाश राईले स्वागत स्वागत गरेको कार्यक्रमलाई काजी नेपालले सभापतित्व गर्नु भएको थियो भने कार्यक्रम सन्चालन राजु थापाले गरेका थिए ।

purba-6 purba-7

purba-1

 

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्