सानोमिल्ती हाईड्रोले नोभेम्बर २७मा कोरियाको थेगुमा अन्तरक्रिया गर्ने

सानोमिल्ती हाईड्रोले नोभेम्बर २७मा कोरियाको थेगुमा अन्तरक्रिया गर्ने

सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्यक्रम आयोजना गरिएको छ । दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा निर्माणाधीन आयोजनाको हालसम्मको निर्माण कार्यबारे अवगत गराउन लागिएको आयोजना संचालक कपिल न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार आयोजनाको सिभिल निर्माण कार्य सुरु गरिएको छ । हाल आयोजनाको लागि आवश्यक जग्गा खरिद , आयोजना स्थलसम्म पुग्ने ४ किलोमिटर बाटो लागि ट्रयाक खोल्ने कार्य सकिएको छ ।

विद्युत खरिद बिक्री सम्झौता (पिपिए ) र उत्पादन अनुमतिपत्र (पिडीए) जारी भइसकेको छ । कागजी कानुनी प्रक्रिया सबै सकेर राष्ट्रिय योजना आयोगबाट प्राथमिकताको आयोजनाको मान्यता प्राप्त गरेको न्यौपानेले जानकारी दिए । २०७५ मंसिरसम्म आयोजना सम्पन्न लक्ष्य राखिएको छ । आयोजनाको प्रगति र भावी योजना बारे लगानीकर्ताहरुसंग भेटघाट कार्यक्रम राखिएको हो । आयोजना बारे अन्तक्रिया तथा भेटघाटका लागि संचालक मध्यबाट कपिल न्यौपाने र सुरेश लिम्बु कोरिया आएका छन ।

कोरियाको थेगु स्थित बालाजी रेष्टुरेन्टमा यही नोभेम्बर २७ तारिख आइतबार विहान ११ बजे देखि शेयर होल्डर तथा हाईड्रोपावर तथा लगानी सम्बन्धि चासो भएका नेपालीहरु विच अन्तरक्रिया कार्यक्रम तय भएको पनि बताइएको छ  । आयोजना संचालक सुरेश लिम्बुका अनुसार थेगु लगत्तै सोल र सुवनमा पनि भेटघाट र अन्तरक्रिया राखिने छ । २०७५ मंसिरसम्म राष्ट्रिय प्रसारणमा जोडिने उक्त आयोजनाको जानकारी बारे बुझ्न सुरेश लिम्बुलाई ०१० २१५९ ८९०० मा र कपिल न्यौपानेलाई ०१०२१४३२२९२ मा सम्पर्क गर्न सकिनेछ ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्