डिपेन्डेन भिसा र कोरियाको बास्तबिकता!!

डिपेन्डेन भिसा र कोरियाको बास्तबिकता!!

परदेशी लाईफ संवाददाता -
0 974

image
एउटा सत्य घटना घर ईलाम भएको बर्ष १९ को केटी नाम परिवर्तन रिता राई उहा डिपेन्डेन भिसा मा कोरिया आउनु भएको रहेछ ।उहाले एजेन्ट लाई नेपाली १५ लाख दिनु भएको रहेछ भने केटा पच्छे बाट पनि कोरियन वोन ७० लाख ( लग भाग नेपाली ७ लाख) लिएको पाइयो । उनलाई एजेन्ट ले कोरिया गएपछी नेपाली एक डेढ लाख बचत गरी नेपाल पठाउन सक्ने आश्वासन पनि दिनु भएको रहेछ ।तर बिडम्ब ना उहाले विवाह गरेको गरेको केटा ४५ बर्ष को रहेछ भने राती सधै रक्सी खाएर आउने र आफ्नो पुरुषत्वो देखाउने गर्दो रहेछ तेती मात्र नभैइ ४ महिना सम्म घर बाट निस्कन पनि दिएको रहेनछ । एक दिन केटाको बहिनी लाइ दया लागेर बाहिर घुमाउन निकालेको रहेछ तेसै दिन मेरो उनि सँग भेट भयो र सबै कुराको जानकारी गराउनु भयो । उहाको सबै कुरा सुन्दा मेरो मुटु छोयो । त्यसको १ हप्ता पछी उनिलाई घर बाट उद्धार गरी कोरियाको बुसान भन्ने शहर मा अबैधानिक रुपमा काम गर्ने बाताबरण बनाउन सफल भए यो त एक उदाहरण मात्र हो यस्तो दुख पाउने अरु थुप्रै नेपाली चेलीहरु कोरियामा रहेको पाईन्छ ।हुन त सबै जना ले यस्तै दुख पाएको छन र पाउछन भन्न खोजेको त होईन तर मैले देखेको कुरा हरु हजुर हरु सामु ल्यायको मात्र हो ।

मेरो मन मा लागेको र मैले देखेको अनि बुझेको केहि कुराहरु ।
पहिलो कुरा तपाई कोरियन सँग बिबाह गरेर कोरिया आउनु को मुख्य उदेश्य के हो ? यदी डिपेन्डेन भिसामा कोरिया आएर पैसा कमाएर आफ्नै देश पठाउने या फर्कने सोच हो भने त्यो भन्दा पहिले एक पल्ट राम्रो सँग सोच्नु होला कि तपाई कसैको श्रीमती बन्दै हुनुन्छ त्यो पनि बिदेशिको , एउटा कुरा सम्झनु होस कि नेपाली कै बुहारी बन्न त कती गार्हो हुन्छ भने झन बिदेशिको , अर्को कुरा प्राय जसो यस्तो भिसामा आउने हरु एजेन्ट मार्फत आउने गरेको पाईन्छ । तपाइ आफ्नो स्वार्थको लागी बिदेशी सँग बिबाह गर्न राजी हुँदै हुनुन्छ त्यो पनि नचिनेको केटा अनि नजानेको भासा अब भन्नुहोस तपाई आफ्नो श्रीमान सँग कसरी कुरा गर्नु हुन्छ अनि के भनेर कुरा गर्नु हुन्छ ? ? तपाई बिबाह गरेर अरुको श्रीमती भएर कमाएको पैसा पठाएर आफ्नो माईती वा आफ्नो भबिस्य बनाउने सोच बनाउनुनै तपाईको ठुलो गल्ती हो ।तपाई सोच्नु होस कुनै बिदेशिलाई तपाईले बिबाह गरेर ल्याउनु भयो भने के उसले कमाएको पैसा उसको घर परिवार वा आफ्नो ब्यक्तिगत बनाउन दिनुहुन्छ ? तपाइ यसरि डिपेन्डेन भिसामा आउनको लागी कुनै एजेन्ट सँग मिलेर काम गर्नु हुन्छ र एजेन्ट ले दुबै पच्छे बाट पैसा लिएर काम गरेको हुन्छ । यस्तो अवस्थालाई तपाइ राम्रो सँग बुज्नुहोस कि तपाई को बिबाह भएको होईन तपाई बेचिएको हो ।तेसैले जुन सुकै काम गर्दा हरेक कुरा लाई राम्रो सँग बुझेर बस्तबिकतालाई केलाउन जरुरत हुन्छ ।त्यस्कै समाचार मार्फत बाहिर आएको कुरा हरु लाई पनि हेर्ने पढ्ने र बुझ्ने गरौ ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्