समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली

समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली

परदेशी लाईफ संवाददाता -
0 1031

यम श्रेष्ठ,सोल

यो धरतीमा जन्मिंदा म स्वतन्त्र भएर जन्मिए । जब म ताते गर्न हिडडुल गर्न थाले । स्कुल पढन गएसंगैं अनुशासनको पाठ सिक्दैं गुरुले दिएको गृहकार्य गर्नु,गलत र सही छुट्याएर अघि बढनु परेपछि मेरो स्वतन्त्रता बिस्तारैं लुटिन थाल्यो ।

मेरो सानो दिमागमा राजनीतिको पाठहरु घोकाउन थालीसकेको थियो।मेरो उचाई र उमेर बढेसंगैं चारैंतीरबाट बाधिंन थालीसकेको थिए ।म के बुझथें र राजनीतिको अर्थ र परिभाषा । कुन पाटी कस्तो हो ?राम्रो नराम्रो के को आधारमा छुट्याउने रुमनमा अनेकौं प्रश्न खडा हुन्थे ।

हिजो म स्वतन्त्र थिए त्यसैले सबैको प्यारो पनि ,परिवारको सदस्यहरु जुन पार्टीमा आस्था राख्दथे, भनौ वा आफ्नो आफन्त, साथीभाईको करकापमा भनौ उनीहरुले जे सिन्द्धांत अपनाए त्यहि अपनाउन कोहि बाध्य भए कोहि रहरले लागे ।कोहि आश्वाशनमा केहि काम बन्छ भनेर कोहि नेता बनेर ठुलो बन्ने रहर आदि इत्यादि ।त्यसैले पनि हिजो म स्वतन्त्र रहंदा पनि जुन पार्टीको आस्था भएको मान्छे संग हिडे त्यसैको रंग छ्याप्न आतुर देखिन्थे ।जुन राजनीतिक दलका साथीहरुसंग नजिक भएर हिड्यो त्यही दलको कार्यकर्ताको रुपमा मलाई लिन्थे ।

सबैलाई आदर सत्कार र मान मर्यादा अनि सामाजिक परोपकारी कार्यमा पनि भित्रि मन देखि सक्रिय भएर लागेर पनि होला सबै पार्टीका अगुवाहरु यिनी त हाम्रै पार्टीमा आस्था राख्ने व्यक्ति हुन् भन्न पनि बाँकी राखेनन् ।तर आफु स्वतन्त हुदै रमाउने हुँदा एक सचेत स्वतन्त्र नागरिक भए मात्र सहि व्यक्त्ति चुन्न सकिन्छ भन्ने मान्यता राख्दथे ।ताकी कुनै पार्टी दलमा आबद्द र आस्था राखे भने त म आँखा चिम्लेर पार्टीले टिकट दिएको राम्रो नराम्रो नेता जो सुकैंलाई समर्थन गर्नुपर्ने हुन्छ ।
सेतोलाई कालो भन्दा भनि त्यो झुटो आस्थाको परिधि र नियममा बाँधिएको
हरेक नागरिक सचेत र सक्षम भयौ भने हरेक समस्यासंग जुधेर अघि बढ्न अझ सहज हुनेछ । र सबैले सकारात्मक सोच र समग्र राष्ट्रको उन्नति प्रगतिको लागि उतरदायित्व बहन गर्यौ नेता देखि जनतासम्म एकजुट भएर देशको बिकाश निर्माणमा जुट्यौ भने अवश्य पनि राष्ट्र समृद्द र बिकशित हुनेछ र हामी सबै सम्पन्न
हुनेछौं ।

हामी चाहन्छौं बाँचुन्जेल आफ्नो जीवन निर्वाह गर्न दुइ छाकको निम्ति कसैसंग बेइमानी गर्न र स्वाभिमान बेच्न नपरोस् ।आफ्नो जीवन धान्न सक्ने शिपको उपयोग गर्न पाउँ, मिहेनत र लगनशिलताले सुखी र सम्पन्न रहन सकौ ।आफु संगैका सकारात्मक समान सोच र बिचार भएका स्वतन्त्र सहकर्मीसंगै हाँसी खुशी साथ र सहयोग आदान प्रदान गर्दै (हातेमालो गर्दै) , आफ्नो परिवार, आफन्त टोल र समाजलाई पनि सकारात्मक सुधार गरी बिकास निर्माणमा जुटौं ।

स्वतन्त्र र साधारण नागरिक भएर राष्ट्रको झण्डा ओढेर हामी नेपाली भएर बांचौं ।

(लेखक प्रवाशी भुमि दक्षिण कोरियामा रोजगारीमा कार्यरत स्वतन्त्र नेपाली नागरिक हुनुहुन्छ ।)

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्