समाजसेवा र बुद्ध मन 

समाजसेवा र बुद्ध मन 

परदेशी लाईफ संवाददाता -
0 969

       देश वा विदेश जहाँ  गए पनि समाजसेवा गर्ने संघ सस्था र व्यक्तिहरु भेट्न तेती गार्हो छैन तर गार्हो त त्यो छ कि निस्वार्थ दुख पीडामा परेकालाई सहयोग गरोस र फाइदा सम्मानको अपेक्षा नगरोस l  साएद यहि नै गार्हो होला नत्र हजारौको बीचमा एक जना किन दुखले तड्पी तड्पी जीवन मरणको दोसधमा हुने गर्छन l

        जब जब चाड पर्बको  अवसर नजिक आउछ अनि  बिभिन्न कार्यक्रम हुने  गर्छ यी  सस्कृति  रिति रिवाजका  हिसाबले  राम्रो  काम  हो  तर  पनि  यसलाई अपनाउने तरिका गलत  भयो भने त्यो बिकृति र  विसंगति नै  हुन जान्छ  l  अक्सर भिभिन्न प्रयोजनको लागि भनेर बनेका संघ सस्था लाई सामाजिक बिकृति बहेकका कार्यक्रमलाई भन्नु केहि छैन जिन्दगी  रमाइलो गरि जिउने  तरिका  आफ्नै आफ्नै हुने गर्छ l त्यो मानवअधिकार पनि हो  l रमाइलो गरेर जिउनुस भन्छु म पनि ……..
तर समाजसेवा का  परोपकारका शिलशिला मा खोलिएका संघ सस्थाहरु ले केहि  सजकता अपनाउनु नै  पर्छ  नत्र  त्यो देखावटी मात्रै हुन्छl फुस्रो  सान र समाजमा सेवाका नाममा आतंक मात्रै हुन्छ l त्यो समाजलाई फाइदा जनक पनि हुदैन र त्यस्ता संघ सस्थाहरु ले लुट गरी रहेका हुन्छन सेवाको नाममा  l हामीले कयौ ठाउँमा प्रसासनले कारबाही गरेको पनि देख्न सकिन्छ lकेहि समय पहिले  मात्रै पनि चर्चमा आमा बुवा भएका लाई अनाथ भनेर पाल्दै डलर कमाई धन्दामा लागेका लाई कारबाही गरेको थियो l  त कतै बाल गृह संचालन गरेर सरकारी कर्मचारीको मिलेमतोमा लाखौ लाख राज्यकोषको पैसा हिनामिना गरेका छन् ति सबैलाई पनि कारबाही हुनु पर्छ l ता कि बालबालिका माथि गिद्धे दृष्टि नगरुन l
समाजसेवीहरु पूर्ण कालिन भए भने समाजमा धेरै फाइदा हुन्छः  l पूर्ण कालिन समाज सेविहरु पनि समाजमा प्रसस्त देख्न सकिन्छ l मैले यहाँ नाम ली रहदा कयौ असल संघ , सस्था र व्यक्ति छुट्न सक्छन त्यसको लागि क्षमा प्रार्थी छु l जस्तै मैले जानेको नाम लिदा अनाथ बालबालिका का लागि  ” शाहाराको घर ” ,” मायाको घार ” दिक्षा चापागाई ज्यू को  पवित्र समाज सेवा नेपाल, रक्षा नेपाल , पुस्पा बस्नेत , अनुराधा कोइराला ज्यू हरुले गरि रहनु भएको  पूर्ण कालिन सेवा महान मन भएका उहाँहरु  महामानव पनि हुनु हुन्छ l जुन आम मानिस हामीहरु भन्दा धेरै माथि सोच , बिचार र सहयोगी मन हुन्छ l तेसैले नै समाजलाई फाइदा पुगेको छ  र दीन , दुखी र पिडितले राहत पाउने गर्छन l
तेस्तै बिदेशमा पनि धेरै सहयोगी मन भएका संघ , सस्था र व्यक्ति हुनु हुन्छ जसले परदेशमा रहेर पनि नेपाली समाजलाई टेवा दिई रहनु भएको छ l म आफु बसेको भूगोलमा संगै भएर अलि धेरै चिनाजानी भएको  धेरै वर्ष देखि परोपकारी काममा लाग्नु भएका .रामेछाप, लखनपुर – ५ का  बुद्ध गौतमलाई सम्झन चाहन्छु l उहाँले सहयोग जे जति सक्नु हुन्छ  दिलबाट गर्नु हुन्छ l हामी सन् २०१३ को उत्तरार्द तिर एक जना ब्रेन ट्युमरको बिरामी बचाउ अभियानका क्रममा  चिनाजानी भएका थियौ l त्यस ताका देखि नै हामी आपसमा  लगातार थुप्रै आत्मीय कुरा हुने गर्छन l मलाई लाग्छ म संग जति आफ्ना कुराहरु अरु जो कोहि संग खोल्नु हुदैन l उहाको यहि आत्मियता , बिश्वास , माया र उहाको परोपकारी बानि मैले जति देखेर , सुनेर पनि नलेखि बसें भने चिन्नु र जान्नुको केहि अर्थ रहन्न भन्ने लाग्यो र केहि कुरा लेख्दैछु l
उहाँ भन्ने गर्नु हुन्छ बाल्यकाल निकै असहज परिस्थिती हरु को सामना गर्दै हुर्किन पर्यो l तिनै बाल्यकालको दुख सम्झेर आज अनाथ बालबालिका जो आमा बुवाको न्यानो माया बाट बन्चित छन् l उनीहरुले कुनै दुख नपाउन भन्ने सोच राख्नु हुन्छः l फुर्सदका सबै समय यस्तै परोपकारी कार्यमा लाग्दै कसरी गरे उत्तम परोपकार हुन्छ भन्ने कार्य मै बिताउनु हुन्छ l
उहाँ  रोजगारीको शिलसिलामा कोरिया आएर पसिना बगाएर कमाएको पैसा बाट केहि रकम कटाएर अनाथ बालबालिका संरक्षण अभियान सुरु गर्नु भएको थियो l राम्रो कामको पछि राम्रा मान्छेहरु स्वस्फुर्त लाग्नु नै हुन्छ l जुन  अहिले देश विदेशमा गरेर थुप्रै अभियान्ताहरु यस कार्यमा जुट्नु भएको छ l आफ्नो कमाइको केहि हिस्सा अनाथको लागि भनेर कोषमा जम्मा गर्ने गर्नु हुन्छ l सबैले अनाथको लागि घरको सपना साकार पार्न लागि पर्नु भएको छ l जुन स्वागतयोग्य र प्रशंसनिय छ l यसरी निरन्तर देखि रहन पाउदा भन्न मन लाग्छ l नाम जस्तै मन पनि बुद्ध मन भएको बुद्ध नै हो !
यसै अभियानलाई सहयोग गर्न नेपाली साहित्य समाज दक्षिणकोरिया ले भरखरै ल्याएको गीति एल्बम ” सहयात्रा ” को बिक्रि वितरण बाट उठेको ६० % रकम यहि  अनाथ बालबालिका संरक्षण अभियान  अर्थात सेवक नेपाललाई दिने र बाँकी ४० % रकम नेसास कोषमा रहने जनाएको छ जुन अतिनै राम्रो काम मान्न सकिन्छ l समाज बिकास र सेवाका रुपमा हेर्दा नमुना कार्य हो l जसले आफ्नै खर्च बाट प्रकाशन गरेर समाजसेवामा लगानी गर्छन l मुनाफाको आश राख्दैनन्
हो यस्तैलाई  नै  हो  निस्वार्थ सेवा निर्धक्क  भन्न सकिन्छ l
नत्र बाँकी अगाडी समाजसेवाको नाम झुन्डाएर गरिने  ठुल ठुला गफ , पार्टी , सेमिनार आदि इत्यादी मा गरिने खर्चले ति समाजसेवा का संघ सस्था र व्यक्तिको देखावटी सेवालाई आडम्बर मान्न सकिन्छ l स्वार्थ सहित स्थापना भएका यस्ता प्रकारका सबै समूह ढिलो चाडो नाम निसाना हराएर जान्छ lसजायको भागिदार हुन्छन l  तर स्वार्थ रहित नि स्वार्थ सेवा  अभियानहरु अजर अमर भएर रहन्छ l सलाम र शुभ कामना छ ति सबै निस्वार्थ सेवा गर्ने संघ, सस्था र व्यक्तिलाई यहि भन्दै  अहिलेलाई कलमको बिर्को लगाउछु l
@ अज्ञात पाल्पाली

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्