छुसक मा शेर्पा किदुक दक्षिण कोरियाको दोस्रो माहधिवेशन तथा छूसक विशेष सांगीतिक...

छुसक मा शेर्पा किदुक दक्षिण कोरियाको दोस्रो माहधिवेशन तथा छूसक विशेष सांगीतिक साँझ हुने…..

नेपाल बाट कोरिया आई बिभिन्न पेशा व्यबसायिक क्षेत्रमा कार्यरत शेर्पा समुदाय को शु:ख दुख मा साथ दिने उद्देश्यका साथ २०११~मार्च ~०५ तारिक स्थापना गरिएको छाता संस्था शेर्पा किदुक दक्षिण कोरिया को आगामी सेप्टेम्बर १६ तारिक छुसको दिन दिउँसो १ बजे सउल स्थित दोस्रो माहधिवेशन हुँने भएको छ। बेलुका ७ बजे देखि निरान्तर बिहान ५ बजे सम्म छूसक विषेश सांगीतिक साँझ कार्यक्रम हुने भएको छ।

कार्यक्रमको मूल उद्देश्य भनेको budhha was born in nepal.प्रवाशी भूमिमै रहे पनी अफ्नो भाषा धर्मं संस्कार सांस्कृतिक को संरक्षण तथा संबर्दन गरौं भन्ने मूल सन्देश प्रवाह गर्नु को साथै कोरिया मा रहेका संघ संस्था र नेपाली दाजू भाई दीदी बहिनी माझ एकता समुन्नाय र सदभाव बढाउने साथै कार्य ब्यस्तता थकान र तनाब कम गर्न मनोरन्जन दिने उद्देश्यका साथ छुसक विशेष सांगीतिक साँझ आयोजन गर्न लागेको बताउनु भयो।

क्त दिन हुने छूसक विशेष सांगीतिक साँझा लाई भब्य सफल र मनोरंजनात्मक बनाउन यहाँ को स्थानीय कलाकार र नेपाल बाट चर्चित हास्य कलाकार डोल्मा योल्मो र नव युवा गायक छिरिङ शेर्पा कोरीया आउने भएका छन। यस पटक शेर्पा किदुक दक्षिण कोरिया को दोस्रो माहधिवेशन मा दोलखाली समाज को संरक्षक तथा वर्तमान दोलखा शेर्पा बि.सी संम्पर्क मञ्च दक्षिण कोरिया को अध्क्षय सेर साङबो शेर्पा ले उमेदवारी दिने भएका छन ।

आफुले उमेदवारी दिनु को उद्देश्य भनेको शेर्पा समाज लाई सक्रियरूपमा सामाजिक गतिबिधि गरि प्रभापकारी ढंगले संस्था लाई अघाडी बढाई समग्रह मा नेपाली दाजू भाई तथा दीदी बहिनिहरू को हित मा कार्य संचालन गर्ने महत्वपूर्ण कार्य योजना रहेको हुनाले उमेदवारी दिने निर्णय गरेको बताउनु भयो ।

सेर साङबो शेर्पा को भावी कार्य योजनाको विस्तृत वारे भने यस अघि नै बिभिन्ना ऑनलाइन मिडियाहरू मा सार्वजनिक गरी सक्नु भएको छ। शेर्पा किदुक दक्षिण कोरिया को दोस्रो महाधिवेशन तथा छुसक विशेष सांगीतिक साँझ लाई सफल बनाउन कोरिया मा रहेको सम्पूर्ण नेपाली दाजू भाई तथा दीदी बहिनी हरू लाई उक्त दिन कार्यक्रम मा उपस्थित भई कार्यक्रम को सोभा बढ़ाउनुको साथै बिभिन्ना कोरियन खानाको परीकार र गीत संगीत को भरपूर मनोरन्जन लिई दिनु हूँन हार्दिक अनुरोध गर्नु भएको छ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्