दक्षिण कोरियामा कामदारको तलबमा बृद्धि

दक्षिण कोरियामा कामदारको तलबमा बृद्धि

परदेशी लाईफ संवाददाता -
0 1994

 

सन् २०१७ जनवरीदेखि लागु हुने

अर्जुन बराल,सोल ,

दक्षिण कोरिया सरकारले सन् २०१७ जनवरी देखि लागु हुँनेगरि कामदारको गतबर्षको तलबमा ७.३ प्रतिशत अर्थात ४४० वोन बृद्धिगरि प्रतिघण्टा ६४७०(४ ५.७०) वोन कायम गरेको छ भने यस बृद्धि सँगै अब प्रतिमहिना २०९ घण्टा काम गर्ने कामदारले १३,५२,२३० वोन प्राप्त गर्न सक्नेछन् जसबाट राष्ट्रका ३.३६ मिलियन कामदारलगायतलाई फाईदा पुग्ने रोजगार तथा श्रममन्त्रालयले जनाएको छ ।

कामदारको न्युनतम ज्याला निर्धारण समितिको सेजोङसी मा यसभन्दा अगाडी भएका १३ औ बैठकमा रोजगारदाताले तलबबृद्धि सर्बपक्षिय नभई कम्पनि आफैले गर्नपाउँनु पर्ने र यसबर्ष बढिमा ३.१ प्रतिशतभन्दा बढि बढाउँन नहुँने तर्कसहित मजदुर पक्षले प्रतिघण्टा न्युनतम ज्याला दशहजार वोन हुनुपर्ने वार्ता निष्कर्षहिन भएसँगै हिजो शुक्रबार साँझ ५ बजेदेखि बसेको १४ औ बैठकबाट निर्बाचन पद्धतिमार्फत रोजगारदाता,कम्पनिप्रतिनिधि र सरकारका पक्षबाट लगभग ८० प्रतिशतले तलबबृद्धि ७.१प्रतिशतले गर्न अनुमति दिएसँगै सरकारले शनिबार बिहान ४ बजे तलब बृद्धिको घोषणा गरेको थियो । यसबाट नेपाली कामदारलेपनि जनवरी देखि कम्तिमा एकलाख तीस हजार रुपैयाको हाराहारीमा ज्याला प्राप्त गर्न सक्नेछन् ।

दक्षिण कोरिया सरकारले प्रत्येक बर्ष कामदारको तलब बृद्धिको निर्णय जुन २८ तारिख भित्र गर्ने गरेको भएपनि गतबर्ष देखि मजदुर युनियनले तलबबृद्धि दरमा बैज्ञानिक मापदण्ड सहित महङ्गी लगायतका बिषयमा सरकार गम्भिर नभएको र तलब बृद्धि कम्तिमा नी प्रतिघण्टा दशहजार वोन हुनुपर्ने मागसहित दबाब दिएयता समयमै निर्णय हुँन सकेको छैन  । त्यस्तै कोरिया एम्प्लेमेन्ट फेडेरेसन ले पनि प्र्र्रत्येक बर्ष तलब बृद्धिले गर्दा कम्पनिहरुको २.५ खरब वोन अतिरित्त खर्च हुँने गरेको प्रति गम्भिर हुन आग्रह गरेको छ ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्