कोरियामा टयांकी सफा गर्दा गर्दै एक नेपालीको मृत्यु
सोल,डिसेम्बर २६ ।
कोरियाको उम्संङ क्षेत्रमा कार्यरत एक नेपालीको टयांकी सफा गर्ने क्रममा ज्यान गएको छ । दुई वर्ष अघि कोरिया प्रवेश गरेका पोखरेल मोरंग पथरीका ३९ वर्षिय बाबुराम पोखरेलको आज दिउँसो काम गर्ने क्रममा मृत्यु भएको हो । उम्संङ नेपाली सहयोग समितिका निवर्तमान महासचिव समेत हुन । उम्संगको सामवन प्लास्टिक कम्पनी कम्पनीमा कार्यरत उनी दिउँसो कम्पनीमा टयांकी सफा गर्ने क्रममा बेहोस भई ज्यान गुमाएका थिए । उनी मोरंग डायनामीक लगायत कोरियाका सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको उम्संग नेपाली समाजका अध्यक्ष लाल बहादुर साउथले जानकारी दिएका छन ।उनको शब अहिले छुंजु खन्दुकदे अस्पतालमा रहेको छ। मृतकको श्रीमति सहित एक छोरा र छोरी रहेका छन ।
उनलाई उद्धार गर्ने क्रममा अर्का एक नेपाली बेहोस भएका थिए उनको भने कम्पनीका साथीहरुले सहयोगमा उद्धार गरिएको र उनी खतरा मुक्त भएको संगै कार्यरत शुक्र तामांगले जानकारी दिएका छन ।
घटनाको बारेमा अनौैपचारिक जानकारी पाएको र औपचारिक जानकारी आएपछि प्रकृया अगाडि बढने दक्षिण कोरिया स्थित नेपाली दुतावासका श्रम सहचारी अनिलल गुरुंगले जानकारी दिएका छन ।