कोरियामा एक नेपाली मृत अवस्थामा भेटिए

कोरियामा एक नेपाली मृत अवस्थामा भेटिए

परदेशी लाईफ संवाददाता -
0 9128

खेम कार्की । सोल, कार्तिक २२ ।
दक्षिण कोरियामा ईपिएस मार्फत आएका एक नेपाली मृत अवस्थामा भेटिएका छन । भोजपुर जिल्ला देउराली गाविस वडा नं. ९ घर भई हाल कोरियाको छल्लाबुक्दो,छङगुप मा वरी खोङजाङ मा कार्यरत भिम कार्की आइतबार मृत अवस्थामा फेला परेका हुन ।
हाँस मासुहरु तयार गर्ने सम्बन्धि काम गर्ने उनी शुक्रबार विहान ११ बजेसम्म काम गरेका र त्यसपछि सम्पर्क विहिन रहेको सोही क्षेत्रमा कार्यरत
शिव प्रसाद भट्टले जानकारी दिएका छन । स्नातक सम्म अध्ययन गरेका कार्की उनी आफै कार्यरत कम्पनीमा डोरी लगाई झुण्डिएको अवस्थामा पाईएका हुन ।
उनको भाई अमर बहादुर कार्की ४ महिना अघि देखि कोरियामै रहेका छन । घटनाको बारेमा मृतकको घर परिवारलाई समेत जानकारी गराइएको छ । यसैगरी घटनाको बारेमा कोरियास्थित नेपाली दुतावासमा जानकारी पठाएको प्रहरीले जनाएको छ ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्