२८ तारिख मास्क लगाएर आउनुहोला ः एन सि सि अध्यक्ष राई

२८ तारिख मास्क लगाएर आउनुहोला ः एन सि सि अध्यक्ष राई

परदेशी लाईफ संवाददाता -
0 2688

दक्षिण कोरिया ।
एन सि सि अध्यक्ष लोचन राईले एन सि सि अधिवेशनमा मास्क लगाएर आउन अनुरोध गरेका छन । युनिभर्सल टिभीसंग कुरा गर्दै राईले २१ संघ संस्थाले राखेको माग जायज भएपनि अहिले अधिवेशन सार्न नसक्नु आफूहरुको वाध्यता भएको बताएका छन । उनले खुल्ला ठाउँबाट मर्स सरिहाल्ने अवस्था नभएको र हस्पिटलबाट मात्र रोग सरेको पाइएको बताएका राईले मास्क लगाएर आउनु भन्नु अनुरोधले पनि कोरियामा मर्सको अवस्था भयानक रहेको झल्काउछ ।

कोरियाको विभिन्न संघ संस्था बन्द रहेको अवस्था,दुतावासको सचेत रहने अपिल र २१ वटा संघ संस्थाले गरेको अपिललाई कुल्चेर किन जुन २८ मा  गर्दैछ एन सि सि ले अधिवेशन, एन सि सि समसामयिक विषयमा सुनौं पत्रकार रमेश संग्रौलाले एन सि सि अध्यक्ष लोचन राईसंग गरेको कुराकानी ।

 

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्