कोरियामा कम्पनी दुर्घटनामा नेपालीको मृत्यु, एक गम्भीर घाइते

कोरियामा कम्पनी दुर्घटनामा नेपालीको मृत्यु, एक गम्भीर घाइते

परदेशी लाईफ संवाददाता -
0 8612

खेम कार्की ।परदेशी लाईफ संवादाता ।
दक्षिण कोरिया । १ जेष्ठ ।
दक्षिण कोरियामा फेन्थेकमा कार्यरत एक नेपालीको कम्पनी दुर्घटनामा परि मृत्यु भएको छ । दाङ जिल्ला रामपुर ४ गदवा घर भएका अति उल्लाह खानको शुक्रबार ज्यान गएको हो । ६ महिना अघि कोरिया आएका उनी फेन्तेक फोङजन पिछल नामक आल्मुनियम सम्बन्धि कम्पनीमा कार्यरत रहेका थिए । २५ वर्षिय खान सो कम्पनीमा आएको भने दुई साता जति मात्रै भएको थियो । साहुको अन्य पनि कम्पनी रहेको र यो कम्पनीमा काम गर्न थालेको केही दिनमा नै दुर्घटना हुन पुगेको थियो ।
यसैगरी दुर्घटनामा परि अर्का एक नेपाली गम्भीर घाइते भएका छन । घाइते हुनेमा बारा, हरैया ५ नया बस्तीका ३९ वर्षिय हरि सुवेदी रहेका छन । उनको परिवार हाल बसाई सराई पछि सिमरा ,औराहामा रहेको बुझिएको छ । उनको अवस्था पनि गम्भीर रहेको संगै कार्यरत नेपाली गोविन्द चौलागाईले परदेशी लाईफलाई जानकारी दिएका छन ।
आल्मुनियम सम्बन्धि काम भट्टिको काम भए पनि मृत्यु भएको निज खानको कार्यस्थल त्यति खतरा नपाएको चौलागाईको बुझाई छ । अकस्मात के कारणले विस्फोट भए जसरी शरीर जल्न पुगेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै उनले बताए । घटनाको बारेमा कोरियन सुरक्षा निकायले अनुसन्धान गरिरहेको बताइएको छ । मृतक खानको परिवारमा १ महिनाकी छोरी , श्रीमति, ४ दाजुभाई ,आमा बुबा लगायत रहेको बताइएको छ ।
घटनाको बारेमा कोरिया स्थित नेपाली दुतावासले आधिकारीक जानकारी दिएको छैन । श्रोतका अनुसार नेपाली दुतावाका प्रतिनिधि घटना स्थल पुगिसकेका छन । तर घटनाको बारेमा यथार्त कुरा बाहिर आउन पाएको छैन । पछिल्लो समय दक्षिण कोरियामा नेपालीहरुको मृत्युको विषयलाई दुतावास लगायत सम्बन्धित निकायले गम्भिरता पूर्वक नलिएको आरोप समेत खेपिरहेको बेलामा यो कार्यस्थलमा दुर्घटनामा भएको छ । दुतावासका मार्फत प्राप्त सूचनालाई बाहिर ल्याउने काम हुन नसकेको र असजिलो अवस्थामा कर्मचारीहरुले जिम्मेवार भएर सहयोग नगर्ने सगैं कार्यरत नेपालीले दुखेसो गरेका छन । सो कम्पनीमा ७ जना नेपाली कार्यरत रहेका थिए ।
गत सोमबार मात्र कोरियाको छनानमा सखुवासभाका सन्तविर राईको मृत्यु भएको थियो ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्