दक्षिण कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

परदेशी लाईफ संवाददाता -
0 8431

दक्षिण कोरिया । परदेशी लाईफ संवाददाता ।

दक्षिण कोरियाको छनानमा एक नेपालीको ज्यान गएको छ । संखुवासभा जिल्ला घर भएका सन्तविर राईको छनान स्थित दाङगो युनिभर्सिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
३ दिन अघि रुघा खोकी,ज्वरो आएर भर्ना भएका उनको सोमबार विहान मृत्यु भएको संगै कार्यरत नेपालीले परदेशी लाईफलाई जानकारी दिएका छन ।
४ वर्ष १० वर्षको भिसा सकाई राई पुन सिविटी मार्फत ८ महिना अघि कोरिया आएका हुन । उनी स्टिल पाईप सम्बन्धि कम्पनीमा कार्यरत रहेका थिए ।
उनको शव अहिले अस्पतालमा नै रहेको छ । मृत्युको कारण खुल्न सकेको छैन ।  घटनाको विस्तृत विवरण आउन बाकी रहेको छ ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्