सानो मिल्ती जलबिद्युत आयोजनामा १८ करोड बढिको आवेदन

सानो मिल्ती जलबिद्युत आयोजनामा १८ करोड बढिको आवेदन

परदेशी लाईफ संवाददाता -
0 3188

लिलु डुम्रे,

सोल। सानो मिल्ती खोला बिद्युत आयोजनामा लगानी गर्ने उद्धेश्यले स्थापना भएको सानो मिल्ती एसएम इन्भेस्टमेन्ट कम्पनिले खुला गरेको शेयर आवेदनमा तेस्रो हप्ता अप्रिल १९ तारिक आइतबार कुल ७ करोड २८ लाख रुपौयाको आवेदन परेको छ | बिभिन्न स्थानहरुमा लिइएको आवेदनमा सबैभन्दा बढी सुवन केन्द्रबाट दुइ करोड सात लाख बराबरको आवेदन परेको कम्पनीले जनाएको छ |

त्यस्तै थेगुबाट एक करोड २० लाख ,तोंग्देमुनबाट ८६ लाख ५० हजार,फ्यांथेकबाट ८३ लाख बराबरको आवेदन परेको छ ्र पोहांगबाट १६ लाख , थेजनबाट २० लाख , नोन्सानबाट ५७ लाख, विग्वानबाट १७ लाख ५० हजार ,उल्सानबाट २५ लाख , ख्यांग्जु र मोक्फोबाट ५१ लाख र आन्सानबाट ४५ लाख रुपयाँ बराबरको आवेदन परेको छ.|

कोरियामा रहेका नेपालीहरुलाई लगानीको अवसर प्रदान गर्ने उद्धेश्य लिएको कम्पनीले यस अघिका दुई हप्तामा ११ करोड ८९ लाख रुपैयाँ मूल्य बराबरको आवेदन प्राप्त गरिसकेको छ | उसले १५ करोड रुपैयाँसम्मको आवेदन लिने लक्ष लिएको थियो | १ लाखदेखि १० लाख रुपैयाँसम्मको अग्राधिकार शेयर आवेदन गर्न इच्छुकलाई आव्हान गरिएको उक्त परियोजनाको लागि लक्ष्यभन्दा बढि आवेदन परेको कम्पनिले जनाएको छ |

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्