दक्षिण कोरिया । परदेशी लाईफ डट कम ।
दक्षिण कोरियाको हिउन्दे बिचमा मार्च २२ तारिख आईतबार भव्य रुपमा होली मनाईएको छ । नेपालमा भन्दा ढिलो गरी मनाईएको यो होली अहिले कोरियामा गर्मी लागेकोले हर्षोलासको साथ मनाईएको हो ।सो होली मनाउन नेपाल , भारत साथै विभिन्न देशका मनिसहरुको उपस्थिती रहेको थियो ।

हिउन्देमा मनाईएको यो होलीमा एन सि सि बुसानका अध्यक्ष एल .वि विष्ट,पत्रकार महासंघ दक्षिण कोरियाका निवर्तमान अध्यक्ष खेम कार्की,एन आर एन कोरियाका सचिव लम्मण दहाल,एन आर बुसानका अध्यक्ष मुकुन्द सापकोटा (मुसा) , एन आर एन बुसानका वरिष्ठ उपाध्यक्ष ईन्दीरा तिवारी,ठकुरी समाजका बुसान संयोजक आर्यन विक्रम शाही ,नेपाली मोडेल विरेन्द्र नौभाग्य लगायत नेपाली समुदायका धेरै संख्यामा सहभागिता रहेको थियो ।अविर र पेय पदार्थका साथमा नेपाली , ईन्डियन तथा विदेशीले उत्साहका साथ होली मनाएका थिए ।

परदेशी लाईफ डट कमको लागि होली सम्बन्धि भिडियो /नन्द जंग गुरुंग।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्