कोरिया जान चाहनेलाई खुसीको खबर !यस बर्षको कोरियन भाषा परिक्षा जेठमा

कोरिया जान चाहनेलाई खुसीको खबर !यस बर्षको कोरियन भाषा परिक्षा जेठमा

परदेशी लाईफ संवाददाता -
0 11166

काठमाडौं-रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारका लागि जेठको ३० र ३१ गते छैटौं भाषा परीक्षा हुने भएको छ। सोमबार श्रम तथा रोजगार मन्त्रालयमा बसेको बैदेशिक रोजगार निर्देशन समितीको बैठकले बैशाखको ३ देखि ६ गतेसम्म दरखास्त फर्म संकलन गर्ने र जेठको ३० र ३१ गते परीक्षा लिने निर्णय गरेको हो।

इपिएस शाखाका प्रमुख डिल्लीप्रसाद बाँस्तोलाले भाषा परीक्षा र फर्म संकलन गर्ने मिति घोषणा गरिएको बताए। दरखास्तका लागि काठमाडौं उपत्यकाका ४ स्थानसहित पोखरा, डडेलधुरा, बुटवल, धरान र जनकपुरमा पनि संकलन दरखास्त केन्द्र राखिने उनले नागरिकन्यूजलाई बताए।
यसपटक पोखरामा फर्म संकलन केन्द्रबाट दरखास्त दिएकाहरुका लागि पोखरामा नै परीक्षा लिने व्यवस्था गरिएको उनले जानकारी दिए।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्