ईपिएसका कामदार विदामा घर जादा समेत अवैधानिक हुन थाले ः वाङदी लामा(भिडियो...

ईपिएसका कामदार विदामा घर जादा समेत अवैधानिक हुन थाले ः वाङदी लामा(भिडियो कुरा कानी)

दक्षिण कोरिया ।
दक्षिण कोरियामा कार्यरत नेपालीहरुलाई साहुले विदामा जादा अवैधानिक बनाउन थालेका छन ।
कोरिया स्थित साना तथा मझौला कम्पनी (केविज)मा कार्यरत वाङदी लामाले कोरिया सन्देश संग कुरा गर्दै साहुहरुले आफूलाई मन नपरेका कामदारलाई अवैधानिक बनाएका कारण नेपालीहरु एयरपोर्टबाट फर्कन बाध्य भएको बताएका छन ।
EPS मार्फत कोरिया जाने प्रक्रिया , लेवर कन्ट्रयाकका लागि रोस्टर बाट कामदार छनोट कसरि गरिन्छ ,कोरिया आइसकेपछिका अवसर चुनौती र आइपर्ने समस्या समाधानका उपाय बारे   लामाले जानकारी दिएका छन । 

वाङ्दि लामा कोरियामा मजदुरहरुलाई १६ घन्टे तालिम दिने kbiz सेन्टर का कर्मचारी हुन् l लामाले कोरियामा E-9 visa वालाहरुले E-7 visa परिवर्तन गर्न चाहेमा KLT तेस्रो तहको विकल्प पनि रहेको, कोरियामा अबैधानिक बसोबास गर्ने बिदेशीहरुलाई अध्यागमनका कर्मचारीहरुले मात्र गिरफ्तार गरि देश फर्काइदिने गरेकोमा अवदेखि अबैधानिक बिदेशीहरुलाई प्रहरीले समेत निगरानी गर्न थालेको खुलासा गरेका छन् l उनले भिडियो कुराकानीका क्रममा कोरिया आउनै लागेका हरुले तालिम केन्द्र KBIZ मा हुने स्वास्थ्य परिक्षणमा खराव स्वास्थ्य परिणामका कारण कोरिया आइ धनकामाउने सपना अधुरै छोडी देश फर्कनु पर्ने तितो सत्यलाइ त्यस्तो हुन नदिन अपनाउनु पर्ने पुर्व साबधानीका बारेमा बिशेष टिप्स बताएका छन् l Universal Online TV बाट प्रसारण हुदै आएको कोरिया संदेश कार्यक्रमका लागि नरेन्द्र श्रेष्ठ को छायांङकनमा रमेश संग्रौला र सपना अधिकारीले वाङ्दि लामासंग गरिएको भिडियो कुरा कानी हेर्नुहोस ।

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्