कोरियामा फेरी एक नेपालीको मृत्‍यु

कोरियामा फेरी एक नेपालीको मृत्‍यु

परदेशी लाईफ संवाददाता -
0 9572

सोल ,कोरिया। कोरियामा एक नेपालीको मृत्‍यु भएको छ। ४ बर्ष अघि दक्षिण कोरिया आएका रुपन्देही गणेशपुरका रेशम थापाको हिजो राती हिर्दयघातका कारण मृत्‍यु भएको बताईएको छ। दुई सन्तानका पिता ३२ बर्षिया थापालाई ईन्छ्न स्थित कम्पनी नजिकैको कोठामा बसिरहेको बेला एक्कासी हिर्द्यघात भएपछी उनलाई नजिकैको अस्पतालमा लगिएको थियो। तर उपचारकै क्रममा हिजो राती १ बजेर ३० मिनेटमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। अहिले उनको मित्यु बारे परिवारलाई जानकारी नेपाली दूतावास मार्फत परिवारलाई जानकारी पठाईएको बताइएको छ।
अहिले हाम्रा संवादाता तथा मृतक थापाका साथी कृष्ण बस्याल अहिले अस्पतालमा छन् । हामी थप जानकारी दिनेछौ हेर्दै गर्नुहोला परदेशी लाईफ डट कम

थप संग्रह

कुनै टिप्पणी छैन

विचार लेख्नुहोस्