Aug 20, 2014 : बुधबार ४ भाद्र २०७१

दक्षिण कोरियामा श्रम सहचारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा

शनिबार २ भाद्र २०६९ : pardeshi nepali


काठमाडौ २ भदौ । दक्षिण कोरियामा श्रम सहचारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सरकारले विगत चार महिनादेखि रिक्त उक्त पद यथाशक्य चाँडो पूर्ति गर्ने तयारी गरिरहेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले उल्लेख गर्नुभयो ।

श्रम सहचारी नियुक्तिसम्बन्धी मापदण्ड, २०६८ अनुसार मन्त्रीस्तरीय निर्णयबाट कोरियामा रिक्त पद पूर्ति गरिने जानकारी दिँदै उहाँले श्रम तथा रोजगार मन्त्रालयका पाँचजना उपसचिवले आवेदन दिएको बताउनुभयो ।

गत साउन २२ गतेसम्म श्रम सहचारीका नियुक्तिका निम्ति आवेदन फाराम दर्ता गर्ने समय तोकिएको जानकारी दिँदै प्रवक्ता खड्काले उक्त अवधिमा महेश आचार्य, दिवस आचार्य, कृष्णप्रसाद दवाडी, अनिल गुरुङ र अम्बिकाप्रसाद अधिकारीले आवेदन गरेका बताउनुभयोे ।

वैदेशिक रोजगारीमा पाँच हजारभन्दा बढी कामदार भएका मुलुकमा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कम्तीमा राजपत्राङ्कित अधिकृतलाई श्रम सहचारी नियुक्त गर्ने प्रावधान छ ।

रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत हाल कोरियामा १४ हजार भन्दा बढी नेपाली काम गरिरहेका छन् ।

श्रम सहचारी नियुक्तिसम्बन्धी मापदण्डअनुसार कार्य क्षेत्रमा खटिने अधिकृतले सामान्यतया तीन महिनासम्म परराष्ट्र मन्त्रालयमा रही आफूले गर्नुपर्ने कामका बारेमा जानकारी लिनुपर्नेछ ।

त्यसैगरी, श्रम सहचारीले दूतावासका अन्य कूटनीतिक कर्मचारीसरह कार्य गर्ने तथा सोहीअनुरुप आचरण गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

हाल मलेसिया, साउदी अरेबिया, इजरायल, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स र जापानमा श्रम सहचारी कार्यरत छन् ।



तपाईंको प्रतिकृया

नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।


four + = 10