Pardehshilife

स्टार रेमिट दर्ता गर्दा ‘१० हजार वन’ पाइने !

 सौल। स्टार रेमिट दर्ता गर्दा १० हजार वनको कुपन पाइने भएको छ। ‘स्टार रेमिट साईन अप अफर :दर्ता गर्ने सबैलाई उपहार ‘ ईभेण्ट मार्फत यो योजना सार्वजनिक गरेको स्टारेमिटले जानाएको छ।

 कोरियाका नेपालीहरु माझ निक्कै लोकप्रिय स्टारेमिटको यो योजना अन्तर्गत सेप्टेम्बर १२ देखी सेप्टेम्बर ३० तारिख सम्म दर्ता गर्नेहरुलाई १० हजार बराबरको २ पटक रेमिट्यान्स निशुल्क गरेको हो। स्टारेमिट मार्फत एक पटकमा ३ हजार अमेरिकन डलर पठाउन सकिन्छ भने बर्षमा ३० हजार अमेरिकी डलर पठाउन सकिन्छ ।

यो योजनामा सहभागी हुनेहरुले ६ हजार अमेरीकी डलर सम्म निशुल्क पठाउन सक्नेछन् । नेपालको जुनसुकै बैंक र जुनसुकै स्थानबाट नगद प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

लोड हुदै....