Pardehshilife

स्टार रेमिटबाट बार्षिक ५० लाख र एक पटकमा ५ लाख रूपैँया पठाउन मिल्ने

 सौलरकोरिया। कोरियामा पहिलो पटक नेपालीको लगानीमा सन्चालित स्टार रेमिटले मई महिनाको १ तारिख देखि बार्षिक ५० हजार डलर अर्थात् ५० लाख रूपैँया बराबर पठाउन पाउने भएको जनाएको छ।

यस अघि बार्षिक २० हजार हुँदै ३० हजार सम्म पठाउन पाउने व्यवस्था गरेको थियो। त्यस्तै यस अघि एकपटकमा पठाउँदा ५ हजार डलर अर्थात् ५ लाख रूपैँया पठाउन सकिने पनि जानकारी गराएको छ।

कोरिया सरकारले अवैधानिक माध्यामबाट पैसा पठाउने कार्यलाई निरूत्साहित पार्न रेमिट कम्पनीहरूलाई अझ सहज र सुविधाहरू दिन पछिल्लो योजना ल्याएको हो। कोरियाको राजधानी सौलको दोंदेमुनबाट व्यवसायिक कारोबार शुरू गरेको स्टार रेमिट पछिल्लो समय कोरियाबासी नेपालीहरूमाझ लोकप्रिय भएको छ।

स्टार रेमिटमा अटो डेविट र म्यानुअल सिष्टम दुवै भएकाले नेपालीहरु यस रेमिट प्रति आकर्षित भएका छन् । रेमिटले एप दर्ता गर्नेहरुलाई ५ हजार वनको कुपनको सेवा दिदै आएको छ ।

सम्बन्धित समाचार

लोड हुदै....