Pardehshilife

सिस्नुपानी नेपालका मनोज गजुरेल सहितका कलाकार अक्टुबर ६ मा किम्हे आउने

जात जातीका कला,संस्कृति, भेषभुसा सहित कोरियामा नेपाल कल्चर डे मनाईने

बुसान । संवाददाता । कोरियाको किम्हेमा आउदो अक्टुबर ६ तारिख “नेपाल कल्चर डे” मनाईने भएको छ । नेपालबाट सिस्नुपानी नेपालका हास्यब्यंग कलाकार मनोज गजुरेल सहितको समुहको उपस्थितीमा सो कार्यक्रम मनाईन लागेको हो ।

किम्हे मुन्वाहनमा हुने कार्यक्रमा नेपालको विभिन्न जातजातीको कला संस्कृति र भेषभुषा प्रदर्शन समेत गरिने छ ।जसमा राई , लिम्बु , मगर , शेर्पा लगायत विभिन्न ईच्छुक जातजातीको संस्कृति झल्कने प्रस्तुती रहने छ । नेपाल कल्चर डे आयोजक समितिका संयोजक भिसन पुर्जा मगर रहेका छन ।

स्थानीय कोरियन सञ्चार माध्यमले समेत महत्वसाथ प्रसार गरिने राष्ट्रिय कार्यक्रम भएको हुदा सो समयमा अन्य कार्यक्रम नराखिदिन हुन र कार्यक्रम सफल पार्न सहयोग गर्नु हुन आयोजकले कोरियामा रहेका नेपाली समुदायमा हार्दिक अनुरोध गरेको छ ।

स्थान: किम्हे मुनव्हा वोन, बस टर्मिनल नजिक

समय ः दिनको १२ बजे बाट

प्रवेशः निःशुल्क

सम्बन्धित समाचार

लोड हुदै....