Pardehshilife

सामान ल्याएकै आधारमा कोरियाबाट फर्केको पाइएन ः उदय राई

सोल । प्रतिबन्धित सामान ल्याएको आधारमा नेपाली फिर्ता भएको आधार नभेटिएको एमटियूका अध्यक्ष उदय राईले बताएका छन ।
कोरियाबाट २ नेपाली फिर्ता भएको विषयमा आधिकारिकता नपाएको राईको भनाई छ । कोरियाको प्रहरीलाई उदृत गर्दै भाषा अनुवादक मुक्त गुरुंगले दुई नेपाली फिर्ता भएको बताएका थिए ।
गुरुंगका अनुसार ग्यंगिदो प्रहरीले सो जानकारी दिएको हो ।
कोरियाको प्रहरीले धेरे प्रकारका सामानहरु ल्याउन प्रतिबन्ध गरेको छ । यस्तो सामानहरु ल्याउन प्रतिबन्ध र ठूलो जरिवाना सम्म भएपनि यसरी नेपाली फिर्ताको विषयमा को र किन भन्ने अहिलेसम्म खुल्न नसक्नुले यसको आधिकारिकतामा प्रश्न उठेको राईको भनाई छ ।
उनले पछिल्लो समयमा कोरियाले बंगुरबाट सर्ने वाईन फ्लूका कारण बंगुरका मासु, यसको सुकुटी ल्याउदा जरिवाना लगाउने भनेको छ । यसका साथै सुकुटी, घ्यू अचार , तेल आदिमा पनि प्रतिबन्ध लगाएको छ ।
यस बारेमा ईपिएस कार्यलय ग्वार्कोले एक सूचना जारी गरेर प्रतिबन्धित सामान हरुलाई नल्याउन अनुरोध गरेको थियो ।

सम्बन्धित समाचार

लोड हुदै....