Pardehshilife

 सहमतिको लागि पूनः डिआरसीमै उम्मेदवारी दिएका हुःविनोद कुवँर

काठमाण्डौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय अधिवेशनमा एसिया प्यासिफिक सह संयोजक (डिआरसी) पदका उम्मेदवार विनोद कुँवरले सहमतिको लागि आफूले सोही पदमा उम्मेदवारी दिने बताएका छन । केन्द्रीय अधिवेशनमा रहेका विभिन्न पदका आकांक्षि संगको कुराकानी पछि उनीहरुकै अनुरोधमा सोही पदमा उम्मेदवारी दिन लागेको कुँवरले बताए । “उम्मेदवारी दिने भनेको आफ्नो मात्र लागि नभई साथीहरुको सल्लाह मानेर पनि काम गर्नुपर्दो रहेछ । ” आफूलाई यस भन्दा माथि उठने सोच भएपनि यस पटक एसिया प्यासिफिक सह संयोजकमै उम्मेदवारी दिन लागेका बताए ।

व्यक्तिगत लगानी सामुहिक लगानीमा मजदुर देखि स्थानीय सरकार संग मिलेर क्षेत्र क्षेत्रमा सामुहिक लगानी निकाल्ने ,प्रवास एसिया प्यासिफिकमा रहेको पुजि मात्र नभई  विशिष्ट ज्ञान  र सिपलाई परिचालन गरेर सरकार संग लविब गरेर काम गर्ने योजना रहेको कुँवरले बताए ।

२००६ मा एन आर एन कोरियाको स्थापना संगै संस्थापक सदस्य , सचिव , अध्यक्ष , ईन्भेष्टमेन्ट अभियानको कोरिया संयोजक,पूनःअध्यक्ष , आईसिसि सदस्य हुदै एसिया प्यासिफक सह संयोजक पदमा निरन्तर रुपमा लागे पनि यसपटक अगाडिको भन्दा पनि सबैको सुझावलाई हेरेर्र यही पदमा एक पटक आउन लागेकोले सबैले सहयोग गर्न पनि उनले अनुरोध गरे ।

८ औ महाधिबेशनबाट एसिया प्यासिफिक सहसम्योजकमा निर्बाचित भएका बिनोद कुवर पून्: सोही पदमा उम्मेदवारी घोसणा गरेका हुन । नेपाल मै पहिलोपटक ललितपुरको शन्तानेश्वरमा मोनोरेल ल्याउन उनले ठुलै चुनौतिको सामना गरी योजना कार्यान्वयनमा ल्याउदै छन भने दक्षिण कोरियाको प्रतिष्ठित लोट्टोरिया ग्रुपलाई नेपालमा लगानी गर्न सम्झौता गरेका छन, एन आर एन ईन्भेष्टमेन्ट कम्पनीको संचालकको रुपमा कार्यअनुभव साथै उनले उज्यालो नेपाल अभियान अन्तरगत रहेर NRNAकै लगानिमा उनको पहलमा म्याग्दिको दरवाङ्गमा २५ मेघावाटको हाइड्रोपावर कार्यक्रम समाप्तिको अन्तिम चरणमा रहेको छ ।

सम्बन्धित समाचार

लोड हुदै....