Pardehshilife

सरकारले तीन राजदुत फिर्ता बोलायो

पुष, सौल ।
सरकारले तीन देेेेशका राजदुतलाई फिर्ता बोलाएको छ । विहिवार बसेको मन्त्री परिषदको वैठकले  तिन देशमा रहेका राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
फिर्ता हुनेहरुमा बंगलादेशका लागि नेपाली राजदूतमा डा चोपलाल भुषाल, दक्षिण कोरियाका लागि अर्जुनजंग बहादुर सिंह र स्पेनका लागि भरतबहादुर रायमाझी रहेका छन् ।
फिर्ता बोलाइएका सबैजना यसअघिको शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका थिए। भुषाल र सिंह नेपाली कांग्रेस तथा रायमाझी राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटामा राजदूत नियुक्त भएका थिए ।
उनीहरुलाई नेपाल फर्किनका लागि ३ साताको समय दिइएको छ ।

सम्बन्धित समाचार

लोड हुदै....