Pardehshilife

विधार्थीको ज्ञान,मजदुरको दक्षता र व्यापारीको पूँजीको समायोजनमा एनआरएनमा काम गर्छु ः महासचिव उम्मेदवार डा.सुवेदी

सोल । संवाददाता ।
एन आर एन कोरियाका महासचिव पदका उम्मेदवार डा.विमल सुवेदीले आफ्नो पुरा क्षमता प्रयोग गरि एन आर एन लाई सृदृढ गराउने बताएको छन । आफ्नो उम्मेदवारीको योजना सार्वजनिक गर्दै डा. सुवेदीले कोरियामा सोनसिकको अध्यक्ष भई

संस्था दर्ता गरेर गरेको कार्य , महाभुकम्पबाट भत्किएका ६ वटा विधालय पुनर्निमाणमा नेतृत्व, आर्थिक पारदर्शिताको लागि बैंक खाताको शुरुवात गरेर काम गरेको अनुभव रहेको बताए ।

यस अघि सोनसिकको अध्यक्ष र एन आर एनको प्रवक्ता हुदा आफूले क्षमता देखाईसकेको हुदा कोरियाको नेपालीले विश्वास गर्ने आधार बलियो रहेको उनको भनाई छ ।
कोरियामा पिएचडी गरेका डा.सुवेदी एन आर एन कोरियाका आशालाग्दो उम्मेदवार हुन ।

उनले एन आर एन ए कोरियाको संरचना सुधार , मजदुरमैत्री एनआर एन , समावेशी एनआरएन कोरिया बनाउने वृहत खाता समेत तयार गरेका छन । कोरियामा रहेको विधार्थीहरुको ज्ञान, मजदुरहरुको दक्षता तथा व्यापारीहरुको पुँजी समायोजन गर्दै विभिन्न कार्यक्रम गर्ने उनको योजनाको विशेष प्रशंसा रहेको छ ।

कोरियामा नेपाली परिचय झल्कने सामाजिक भवनको स्थापना, नेपाल भ्रमण वर्षको प्रवद्र्धनको प्रचार प्रसारमा विशेष तयारी गर्नुपर्ने आवश्यकता रहेको उनको कार्यसम्पादन योजनामा छ ।
नेपालमा कोरियाबाट फर्केर व्यवसाय सुरुवातसहयोग , सम्मानजनक देश फिर्तिका लागि सहजीकरण गर्ने पनि उनको योजना रहेको छ ।

 

महासचिव पदका उम्मेदवार डा.विमल सुवेदीको अपिल

आदरणीय दक्षिण कोरियावासी गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA), दक्षिण कोरियाको अधिवेशन नजिकै गर्दा NRNA सदश्य किन र केका लागि बन्ने र प्रारम्भिक प्रतिवद्दता के हुन् भन्ने स्वाभाविक प्रश्न हामी उमेदवारहरुले सामना गर्नु परेको छ। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA)को महासचिव पदमा म निर्वाचित भएमा पहिलो तिन महिनाको अवधि भित्र NRNA कोरियाको नियमित कार्य सम्पादनका साथै निम्न अनुसार कार्य प्राथमिकताका साथ सम्पादन गर्ने प्रतिवद्दता यहाँहरु सामु ब्यक्त गर्दछु:-

1* HRD कोरिया संगको समन्वयमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति दक्षिण कोरियाका सदश्यहरुलाई बिभिन्न सिपमुलक निशुल्क तालिम संचालनका लागि सम्झौता गर्ने ।

2* दक्षिण कोरियाको रहंदा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति दक्षिण कोरियाको सदश्यहरुलाई आइपर्ने बिभिन्न कानुनी जटिलताको समाधानका लागि आवश्यक कानुनी परामर्श र सहजीकरणका लागि उपयुक्त कानुनी परामर्शदाता वा ल फर्म संग सम्झौता गर्ने।

3* कोरियामा भिसा परिवर्तन र अन्य बिबिध अवसर प्राप्तिका लागि आवश्यक पर्ने सामजिक सेवा अकं गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति दक्षिण कोरियाका सदश्यहरुले संघ मार्फत आयोजना गरिएका सामाजिक कार्यहरु सहभागी भएको आधारमा पनि प्राप्त हुने गरि आवश्यक व्यवस्था गर्ने।

अन्त्यमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति दक्षिण कोरियाको “महासचिव ” पदमा मेरो उमेद्वारी संघको दक्षिण कोरियाको कानुन अन्तगर्त वैधानिकता प्राप्ती; संघको संस्थागत संरचनागत सुधार र गैर आवासीय नेपाली संघ स्थापनाका बास्तविक उद्देश्य प्राप्तिका लागि हुनेछ । सम्पूर्ण दक्षिण कोरिया बासि गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सहयोगको लागि हार्दिक अपिल समेत गर्दछु।

सम्बन्धित समाचार

लोड हुदै....