Pardehshilife

यो जोडीको प्रेमले लेख्ने छ प्रेमको नया परिभासा

सञ्चारको प्रयोगले संसारलाइ सानो पार्क वनाइरहेका आजको विश्वमा हरेक दिन र समय हरेक मानव मस्तिष्क हल्लाउने र जिवनलाइ फरक रुपमा पढिरहन पाइन्छ। यसरि उपलब्ध हुने सूचना तथा जानकारि  रोमाञ्चक मात्र छैनन  पिडादायक पनि छन ।तपाइ सञ्चारको प्रयोगले जति खुसिहरु सहज पाउनु हुन्छ त्यतिकै  सहजताका साथ त दुखहरु पनि पाउनु हुनेछ। यो आजको विश्वको विशेषता हो।  जोकोहीलाइ जोकोहीसंग सहजै स्पर्समा पुर्याएको छ ईन्टरनेटले। जस्को भरपुर प्रयोग गरेर जिवनका पाइलाहरुमा चल्न सहज अनुभुत गर्न सकिन्छ।

पछिल्लो समय दाङ्का कृष्ण ओलीको जिवनको अाइपरेको दर्दनाक अवश्थाको पिडालाइ बाँडनमा यसरिनै सञ्चारको दुनियाँले सघायो। उक्त भिडीयोले बिश्वभर छरिएर रहेको नेपाली समुदायलाइ  एकैचोटी रुवाएर आयो।  सायद यति चोटपुर्ण जिवन सायदै कमै मात्र भोगिएको हुन्छन।।लाखौ कोमल मनहरु रोएर घायल भए।  आखिर जिवन किन यति निस्टुरी वनिदिन्छ? दैवको लिला अथवा यस्तै लेखान्त वा केही भनेर ठुलो जमात चुकचुकाहटमा रोइरहदा खै तिनी दैवलाइ दोसदिएर मुक्त कहाँ वनिएला र पक्कै यस्ले दिएको शिक्षा आगामि दिनमा हाम्रो लागी मार्गनिर्देशन वन्न सक्नु पर्छ।

अवस्य पनि विवाह उत्सवको रौनकमा रमाउदै हरेक पल र हरेक दिनलाइ विशेस वनाउदै आफ्नो शान,ईज्जत र प्रतिष्ठाको ढोगदिदै आयातित र परम्परा धान्ने नाममा नयाँ पुजिपती वर्ग आफ्नो अवसर खोजिरहन्छ। समाजमा आफ्नो प्रभाव पैसा र पावरसंग छ, त्यसकारण म यो समाजको विशेष हो भन्ने प्रमाणित गर्न।कता कता समाज त्यसैको रंगमन्चमा हराएर साच्चै यहि होकी के हो,  वास्तविकता भन्ने दलाल चिन्तन तिर भासिदैछ।।आखिर त्यही खेलमा हराएर आफ्नी मायालुसंग कुनै विशेष पार्क वा कतै रमाउन जान सक्थे।  कृष्ण हजुरआमासंग केही पैसाको सौदावाजी संगै अनि यो घटना नहुनपनि सक्थो।अ

पसोच उनले यो समाजलाइ गतिलो झापड हान्दै प्रेमीकाको शिक्षाकोलागी ति विशेष दिनहरु र पर्वहरु ईन्कार गरे र कर्मको निमित्त भासिए आखिर कर्म भन्दा ठुलो केही छैन अनि कसरि दैवको लिला??पक्कै (mcb) वन्द गरेर काममा लागेको शुरक्षितसंग उस्लाइ केथाहा त्यहा केही पैसा कमाउनको लागि उच्च विधुतिय प्रशारणमा मुठ्ठी कसेर वसेका मानिसहरु छन जस्ले उस्लाइ जोखिम हुनसक्छ।एकैचोटी देशै भर खुलाराखिएका विधुत प्रसारण लाइन अनि त्यलाइ आफ्नो नियन्त्रणमा राख्न चाहने मानिसहरुलाइ गिज्याएको छ।विधुत प्राधिकरणको व्यवस्थापकिय कमजोरीलाइ अव नितीको कसिमा जोख्ने वेला आएको छ।

सत्ताको रक्षार्थ सत्तापक्ष र सत्ताको प्रतिक्षारत प्रतिपक्षले यो विषय उठाउने जरुरतै ठानेन कारण यि जनताको समस्या हुन।  यस्मा लागे सत्ताको वाटो सहज छैन कति क्रुर छ हाम्रो देशको राजनिती।।के कुनै नेता वा संसद कसैले अलपत्र विधुत प्राधिकरणका मिटरवक्सहरु वन्द गर्ने वा कसैको कमजोरीले करेन्ट लागेमा दन्ड सजाय स्पस्ट गर्ने कानुन वनाउन पर्दैन???विधुतिय अपराध ऐनमा साइवर क्राइम मात्र पर्छ नितीलाइ निर्माण गर्ने हरुलाइ अर्को झापड हानेकोछ।।

वनाइएको चिजहरु सवै प्रयोग हुदैनन यदि यो संसारमा ठुलो धनरासी खर्च गरेर वनाइएको हतियारहरु १० सेकेण्ड मात्र चलाए के होला कल्पना गरौत। अनि प्रयोग नहुने हतियार किन वनाइन्छ जरुर मानिसको मस्तिष्क लाइ नियन्त्रण गर्न।।यदि कसैको लापरवाहिले करेन्ट लागेमा यो यस्तो कार्यवाही हुनेछ है भन्ने मस्तिश्कमा ति मिलवालाको परेको भए सोचौत त्यो जिवनले यति कहाली भोग्नै पर्ने थिएन।  अनि मान्छेले गर्ने हरेक कमज़ोरिको भागिदार कसरी दैव?अव समाजले यस्ता झापड मात्र सहन सक्दैन,  निती निर्माताहरुको ध्यान जाओस।।

पत्रकार हुन वा सेलिव्रेटी हुन आज विद्वान ठहरिएका र ठुला संचार माध्यममा पकड जमाउदै अनावश्यक रुपमा नेताको चाकरी गर्ने र वहसको नाममा नेता भिड़ाउने र देशको लागि जनताको भन्दै नथाक्ने वरिस्ट पत्रकारहरुलाइ कलाकार शिशीर भण्डारीको अन्तरवार्ताले गतिलो झापड दिएको छ चर्को कुराले मानिसलाइ जित्न सकिदैन।जनताका समस्या उजागर गरे जनताले अवश्य स्वीकार्ने छन यो समाज कति आभारी छ शिसीरको यस कार्य प्रती।आगामी दिनमा यहाको सत्मार्गको यात्रा अविच्छिन्न रहोस।।

आजको संसारका हासोहरुमा कृष्णको हासो साच्चिकै उत्कृश्ष्ट हासो हो। त्यहा जति पिडा छ, त्यतिनै भविश्यको आशा पनि।  छैन त्यहा जितको भोंक छ अनि रुपाको प्रेम ओसोहरुले प्रेम भोग हो संवोग हो शरिर हो कहलिएका दार्शनिकहरुलाइ प्रेमको परिभाषा दिन एकचोटी झोक्राउन वाध्य गर्ने उनको प्रेम मस्तिष्क भोग मात्र हैन रहेछ प्रेम।।सम्पन्न पुरुष हट्टाकट्टा आकर्षक जागिरे केटा खोज्ने अझै पिअार,डिभी खोजिरहने वरक़ों योग्यतालाइ रुपाको हिम्मतले गिज्याइरहेको छ।।

भो अव त्यसले पाल्दैन फिर्ता ल्याउनु पर्छ भन्ने परिवारको आग्रहलाइ महिला त्यती कमजोर हुदैनन जति तिमीहरु सोच्छौ। महिला अधिकारको लागि गरिएका हजारौ भाषणहरुलाइ रुपाको दुईथोपा आशुले टक्कर दिएझै लाग्छ।भो अव महिलालाइ हेप्ने पुरुष समाज वन्द गर म देखाउने छु कृष्णको खुसि संसारलाइ।  अवस्य तिनको प्रेमको अघि  दाजिने वस्तुचै सायदै  होला।अन्तरजातिय र अन्तरधर्मिय विवाह व्रमान्ड परिवारकी हजुरआमाको वोलि सुनिरहदा जातिय विभेद र धार्मिक विभेद भन्दै वजार वनाइरहेकाहरुलाइ वन्द गर तिम्रो नौटंकी समाज अव निर्माण हुदैछ एउटै टोकरीमा समाज नराख समाज निर्माणमा अव जुट्नु पर्छ भन्ने सन्देश दिएको छ।

समाज अव सचेत हुन जरुरी छ।  फेरी यस्ता घटनाहरु नहुन फेरी यस्तो भोगाइ कसैले भोग्न नपरोस। नितीगत र सामाजिक संरचनाहरु अव विस्तारै परिवर्तन गर्नुपर्छ कृष्णको जिवन अझै सुन्दर हुनेछ। वनाउन पहल सवैतिरवाट गरौ।  हाम्रो भावना समान वनाउन यस्ता घटनाहरु राम्रो पाठ हो।  फेरी पनि यो जोडीको प्रेमले कुनैदिन लेख्ने छ प्रेमको नया परिभासा।लेखक :- ठगेन्द्र प्र. न्यौपाने हाल दक्षिण कोरीया

सम्बन्धित समाचार

लोड हुदै....