Pardehshilife

याङसान “फुटसल टुर्नामेन्ट २०१९” भव्यताका साथ सम्पन्न!!

याङसान नेपाली परिवार द्वारा आयोजित याङसान फुटसल टुर्नामेन्ट २०१९ सयौं खेलप्रेमी को उपस्थिति माझ भव्यताका साथ सम्पन्न भएको छ, प्रतियोगिताको उपाधि धराने ब्रदरस ख्याङसाङ नामदो ले उचालेको छ। नेपाल फुटबल महासंघ दक्षिण कोरिया का अध्यक्ष  कृष्ण गुरुङ (तमु ब्रो) को प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिता को औपचारिक कार्यक्रम याङसान नेपाली परिवारकी अध्यक्ष  जिना गुरुङ्ग को सभापतित्वमा भएको थियो। याङसानमा भएको प्रतियोगिता मा खेल प्रेमी दर्शक हरुको बाक्लो उपस्थिति र चर्को हुटिङ ले थप रोमाञ्चकता थपेको थियो ।

जम्मा २४ टीम को सहभागिता रहेको प्रतियोगितालाई Aर B pole मा विभाजन गरी खेलाइएको थियो, A pole बाट Daewoo FC लाई हराउँदै dharane brothers फाइनल प्रवेश गरेको थियो भने B poleबाट himalyan FC लाई हराउँदै gorkhali deagu FC फाइनल पुगेको थियो, निकै कडा प्रतिस्पर्धा बीच सम्पन्न फाइनल खेल २:१ ले dharane brothers ले आफ्नु पक्ष मा ल्याएको थियो। विजेता dharane brothers ले उपाधि सहित २० लाख वन नगद र ट्रफी तथा मेडल प्राप्त गर्यो भने उप विजेता gorkhali deagu FC ले १० लाख वन नगद तथा ट्रफी र मेडल हात पार्न सफल भयो ।

त्यसैगरि प्रतियोगिता को उत्कृष्ट खेलाडी dharane brothers का प्रदिप कार्की बन्दा उत्कृष्ट गोलकर्ता daewoo FC का क्याप्टेन राज थापा बने त्यसैगरी उत्कृष्ट गोलरक्षक gorkhali daegu का नयन लिम्बु घोषित भए। उत्कृष्ट खेलाडि हरुलाई आयोजक का तर्फ बाट छुटै ट्रफी ले सम्मान गरिएको थियो भने प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्न सफल dharane brothers का प्रदिप कार्की लाई लुम्बिनी रेस्टुरेन्ट का सञ्चालक श्री नरेश श्रीष बाट १ लाख वन नगद ले सम्मान गरिएको थियो।

सम्बन्धित समाचार

लोड हुदै....