Pardehshilife

मुर्ति कुदेर पनि बजार नपाएका पुर्ण बहादुर

सुलभ बन्धु पोखरेल, िचतवन  –   बारीको काम सकिने बित्तिकै मुर्ति कुद्न छिनो र हाथौडी लिएर बसिहाल्छ ६३ बर्षे पुर्ण बहादुर कामी । माडी नगरपालिका ६ रामराज्यपुर मा रहेको खरले छाएको घर , एउटा गोठ र कोदो फल्ने १० कठ्ठा अनि उनि सग रहेको मुर्ति बनाउने कला उन्को सम्पत्ति हो। सानो आगन र छेउको तुलसीमोठ वरिपरि छरपस्ट दर्जनौ मुर्तिहरु उन्को दुइ छाकको जोहो गरिदिने माध्यम हुन । कामि सग मुर्ति कुद्ने अद्भुत कला भएर पनि उन्का मुर्ति उचित मुल्यमा बेच्न नपाएकोमा दुखेसो गर्दछन । ठुला ठुला ढुंगाहरु अत्यन्त होसियारी पुर्वक कुदेर मुर्ति बनेपछि आत्मसन्तुष्ठी मिल्ने बताउछन पुर्ण बहादुर तर सो मुर्ति बनाउदाको लागत हिसाब गरेर बेच्ने बेलामा थोरै रकम पाउने र चाहेको बेला बेच्न नपाउने पिडाले पिरोलिरहन्छ ।
माडीको गरिब परिवारमा जन्मेका उनि जम्मा ७ कक्षा पढेका हुन तर टुटेफुटेको अंग्रेजी बोल्न पछि पर्दैनन । हातमुख जोर्ने जोहो गर्न कलकत्ता पुग्दा मटोको मुर्ति बनाउन सिक्न पाएका पुर्ण बहादुर ले पहिलो पटक गणेश को मुर्ति बनाएको सम्झन्छन । माटोको मुर्ति सिक्दा सिक्दै कलकत्ता को municipality arts collage मा काम पाएर सिमेन्टका मुर्ति बनाउन सिक्न पएका उनि आसाम तेजु सहर बाट ढुंगाको मुर्ति बनाउन थालेका हुन ।
गणेशको मुर्तिबाट सिप सिकेर शिब , पार्बति , कृष्ण , काली , सरास्वती , लगाएतका दर्जनौ देबिदेवताका मुर्ति र दर्जनौ जनवारका मुर्ति निर्माण गर्न अब्बल छन । ४१-४२ सालतिर नेपाल फर्केपछि माडीको कल्याणपुरमा रहेको कोटघरमा दुर्गाको मुर्ति उपहार दिएका पुर्ण बहादुरको गोद्द्कनाथ मन्दिर , छर्छरे मन्दिर , शिवालय मन्दिर , कृष्ण मन्दिर लगाएतका दर्जनौ मन्दिर र माडी माबि , ब्रहमपुरी निमाबि , पिसल्याण्ड इङ्लिस स्कुल , हरिनगर निमाबि , लगाएत धेरै स्कुलमा उन्का मुर्ति राखेर पूजा गर्दै आएका छन्।


४ छोरी र २ छोराका धनि पुर्ण बहादुर लाई मुर्ति बनाउन श्रीमती र छोराछोरी को साथ भए पनि कसैले पनि यो सिप सिक्न नसकेकोमा दुखेसो छ । मेरा छोराछोरी मा पनि सरास्वती माताले मेरो सिप दिएको भए सबैभन्दा खुसि तेसैमा हुन्थ्यो भन्छन उनि ।
आफु कामी भएर मन्दिर पस्न यो समाजले रोके पनि आफुले बनाएका मुर्ति लाई पूजा गरेको देख्दा खुसि लाग्ने बताउछन तर पनि मुर्ति बनाउन परे मन्दिर भित्रै बरेर बनाउने गरेको बताउने कामिले ङिच्च हास्दै भन्छन समाज परिबर्तनशिल छ कस्तो कस्तो छुवाछुत त देखियो भोगियो आजकल त धेरै परिबर्तन भैसक्यो यो अबस्थापनि धेरै रहदैन र चेतना जगाउन सके छिटै अन्त्यहुन्छ आत्तिनु हुदैन परिबर्तन जादुको छडी होइन यो बिस्तारै हुदै जान्छ्।
आफु सग मुर्ति कुद्ने कला भएको तर प्रचार प्रसार को समस्या ले कयौ मुर्ति घरमै थन्किएको बताउछन पुर्ण बहादुर । कहि कतैबाट अर्डर आए मा वा बिक्री छिटो भए अझै मुर्ति कुद्न सक्ने उनि बताउछन । हालसालै आफुले बनाएको मुर्ति हेर्न माडी नगरपालिका का मेयर यसैगरी ६ नम्बर बडाका वडा अध्यक्ष भरत गुरुङ र ५ नम्बर वडाका वडा अध्यक्ष राम बन्धु पोखरेल लगाएत धेरै आएका र मुर्ति ब्यबस्थापनको आस्वासन दिएका बताउछन पुर्ण बहादुर । आफुले बनाएको मुर्ति ८० हजार सम्ममा बेचेको र समय समयमा मुर्ति बेच्न पाए हातमुख जोर्न सजिलो हुने बताउछन । हाल उनिसग ४० हजार सम्म मुल्य पर्ने सयौ मुर्ति छन । कसैले मुर्ति किन्न परेमा माडी नगरपालिका ६ रामराज्यपुर स्थित आफ्ने घरमा सम्पर्क गर्न आग्रह गर्नुका साथै आर्डर अनुसार मुर्ति कुदिदिने बताउछन पुर्ण बहादुर कामि ।

सम्बन्धित समाचार

लोड हुदै....