Pardehshilife

महिला सशक्तिकरणको लागि मेरो उम्मेद्ववारी ःजुनु गुरुंग

“एसिया महिला संयोजकको अनुभवको आधारमा महिला संयोजकमा काम गर्छु ।”

खेम कार्की , काठमाण्डौैं ।
एन आर एन एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुंगले महिला सशक्तिकरणको लागि आफूले महिला संयोजकमा उम्मेदवारी दिएको बताइएकी छन ।
आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै गुरुंले यस अघि एसिया प्यासिफिक महिला संयोजकमा बसेर कार्य गरेको अनुभवको आधारमा केन्द्रीय महिला संयोजकमा उम्मेदवारी दिएको प्रतिकृया दिएकी हुन ।
एसियाको ९ वटा देशमा कृयाशिल रुपमा आफूले गरेको कार्यले महिला फोरम स्थापना र विस्तार गर्न सहयोग पुगेको उनको दावी छ ।
महिलाहरुको स्वास्थ शिक्षाको अवस्था सुधार गर्ने , मिडल ईष्ट देखि दुःखमा परेका महिलालाई विशेष ध्यान दिई संसार भरि नेपाली महिलाहरुको अवस्था सुधार गर्न कार्य गर्ने पनि उनले बताईन
आफूले १५ वर्ष देखि एन आर एन अभियानमा कार्य गरेको कोरियामा विभिन्न पदमा बसेर कार्य गरेको एसिया प्यासिफिकमा संयोजक भई कार्य गरेको अनुभवको आधारमा महिला संयोजकमा आफ्नो दावी रहेको बताईन ।
के छन त महिला संयोजकमा उम्मेदवार गुरुंगका योजनाहरु

१) महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितता एंव एनआरएनए एंव आइसिसीमा महिला नेत्रृत्वको लागि बिशेष पहल गर्ने,
२) मजदुर मैत्री एनआरएनए एंव आइसिसी बनाउन पहल गर्ने,
३) एशिया प्यासिफिक क्षेत्र एबं मिडल ईस्टमा मजदुर तथा महिलाहरूको दर्दनाक समस्या हरूलाई समाधान एंव न्यूनिकरण गर्नको लागि बिशेष पहल गर्ने,
४) विश्वब्यापी महिलाहरुको सञ्जाल विस्तार गरी केन्द्रीय महिला फोरम ले ल्याएको एजेन्डा हरू पुरा गर्न सक्रिय रूपमा पहल कदमी गर्ने।
५) एनआरएनमा सवै वर्गको प्रतिनिधित्वको सुनिश्चितताको लागि पहल कदमी गर्ने,
६) नेपाल सरकारको समृद्ध नेपाल, समृद्ध नेपाली नारालाई साकार बनाउनको लागि बिभिन्न बैदेसिक लगानीलाई नेपाल भित्राउन पुलको काम गर्ने एंव नेपाल भ्रमण बर्ष २०२० लाई सफलताका साथ सम्पन्न गर्नको लागि बिशेष पहल कदमी लिने साथै स्वास्थ्य नै धन हो भन्ने कुरा लाई सिरोपर गरी कठमाडौं को प्रदुषण लाई केहि हद सम्म भए पनि कम गर्नको लागि अन्तर्राष्ट्रिय वातावरण संरक्षण संघ संस्थाहरूसँग सम्वन्वय गरी बिशेष अभियान सञ्चालन गर्ने ।

सम्बन्धित समाचार

लोड हुदै....