Pardehshilife

प्रवासी चितवने हरुको तेस्रो बिस्व सम्मेलनको उद्घाटन प्रचण्डले गर्ने


सुलभ पोखरेल- चितवन(परदेशीलाईफ सम्बादाता)
संसारभरी छरीएर रहेका चितवनबासी हरुको साझा सस्था चितवन यूवा समुह अन्तराष्ट्रीय समन्वय समितिको तेस्रो बिस्व सम्मेलनको उद्घाटन पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्नु हुने भएको छ। असोज २६ गते आइतवार चितवन जिल्ला समन्वय समितिको सभाहलमा बिहान ११ बजे कार्यक्रम को उद्घाटन हुने भएको छ।
२०६९ सालमा स्थापना भएको चितवन युवा समुह अन्तराष्ट्रीय समनन्वय समितिको यो तेस्रो बिस्व सम्मेलन सहित छैटौ साधारणसभा पनि हो । प्रवासको भूमिमा संगठित रहेका चितवन समितिहरुको साझा सस्थाको रुपमा रहेको यो सस्थामा १५ देश आवद्द रहेर सहकार्य गरीरहेका र यसै बिस्व सम्मेलन मार्फत थप ७ देश जोडीएर जाने सस्थाका अध्यक्ष मुक्ति प्र अधिकारीले जनाउनु भयो।
यस सस्थाले चितवनमा बिपद को अवस्था देखि बलबालिकाको शिक्षा मा समेत सहयोग गर्दै आएको छ भने प्रवासमा अप्ठ्यारो परेर बिचल्लिमा परेका नेपाली लाई सहयोगीको भूमिकाखेल्दै आएको छ। दुख सुखमा हातेमालो गर्दै भाइचाराको दायित्व पुरा गर्न संसारभरी रहनु भएका चितवनबासी हरुलाई प्रतिनिधित्व गर्दै बिस्व सम्मेलनमा सहभागी भएर कार्यक्रमाई सभ्य र भन्य पारीदिनुहुन प्रवास संगठन संयोजक समिर केसी ले आग्रह गर्नु भएको छ। २६ गते प्रचण्ड द्वारा उद्घाटन हुने बिस्व सम्मेलनको तयारी लगभग पुरा भएको सस्थाका सचिब गणेश ढकालले जनाउनु भएको छ।

सम्बन्धित समाचार

लोड हुदै....