Pardehshilife

पुष्पन प्रधान सहितको कलाकारले फ्रेबुअरी ३ मा सोल तताउने

सोल ।
नेवाः पुच दक्षिण कोरियाले कोरियाको नया वर्ष सलनालको अवसरमा “भिन्तुना सांगितिक सौंगात भाग २ ” गर्ने भएको छ । सलनालको पहिलो दिन फ्रेबुअरी ३ तारिख राष्ट्रिय कलाकारहरु चर्चित पप गायक पुष्पन प्रधान, उत्तम जे लिम्बु, रक गायिका अनु शाक्य , लोक दोहरी गायिकाहरु तारा श्रीस मगर र शर्मिला श्रेष्ठ र मोडेल तथा डान्सर रेखा राई सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।पत्रकार रवि लामिछानेले शुरु गरेको “राष्कोट सामुदायिक अस्पतालको सहयोगार्थ ” कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा स्टार रेमिटको रजिष्ट्रेशन सहित विभिन्न सुविधाहरु पनि रहेको छ । सांस्कृतिक कार्यक्रम दोङदेमुन ३ नं. गेट नजिक छक्का पन्जा ३ , चंगा चेट देखाइएको हलमा गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सफल पार्न उपस्थित भई दिनु हुन कोरियामा रहेका विभिन्न संघ संस्था, समाजसेवी , व्यापारी लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा आयोजकले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

लोड हुदै....