Pardehshilife

पर्यटन वर्ष २०२० को मुख्य आकर्षण केन्द्र हुनसक्छ चितवन को ” माडी “

नेपाल को सम्भावना को प्रमुख आधार मानिने ” पर्यटन “लाई प्रवर्द्धन गर्ने उदेश्य ले सरकार यतिबेला “पर्यटन वर्ष २०२०” तयारीमा लागेको छ। पर्यटकको सम्भाबीत गन्तव्य को खोजी गर्ने र त्यसको प्रचारप्रसार गर्ने गरिरहेको छ। यस कार्य मा जनस्तरबाट पनि पुण सहयोग मिलेको देखिन्छ । यसै क्रममा पर्यटक नयाँ गन्तव्य को रुपमा बिकास हुदै गयको छ चितवनको “माडी”
चितवन आफैमा एक पर्यटन क्षेत्र मानिन्छ । एक सिंङे गैडा ले विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्ज, देवघाट धाम , बीसहजारी ताल पर्यटन को मुख्य अाकर्षण को केन्द्र रहदै अायकोमा हाल भने “माडी उपत्यका ” पर्यटन को आकर्षण को केन्द्र बन्न पुगेको छ।
भरतपुर बसपार्क बाट तिस तीस मिनट मा छुट्ने बस चाैबिसकोटी बाट दक्षिण लागेपछि “माडी” को यात्रा सुरुभयको अाभाशहुन्छ । राप्ती नदिमा गोही, माछा र चराहरु हेर्दै राष्ट्रिय निकुञ्ज छिरेको बस बाट देखिने मृग,बँदेल को बथान गैडा को चहल पहल अनेकथरी चरा चुरुङगी हर्दै राष्ट्रिय निकुञ्ज पार गरेपछि सुरुहुन्छ “माडी ”

चारैतिर पाहाडले घेरीयको बिचको सम्मो भुभाग अाफैमा मन मोहल देखिन्छ । ३७ हजारको हाराहारी मा जनसंख्या रहेको यो सानो भुभागलाई माडी नगरपालिकाले समेट्छ। मान्डब्य ऋषि ले तपस्या गरेको यश ठाऊ आफैमा तपोभुमी हो। आदिवासी थारु समुदायको बाहुल्यता रहेको माडी थारु संस्कृति ले भरिपुण छ ।लिच्छवि कालमा राजा मानदेव ले तत्कालीन मल्लपुरी आक्रमणगरी फर्कने बेलामा बसोबास सुरुभयको मानिने माडी लिच्छविकाल को भारतसग हुने ब्यपारको प्रमुख नाका रहेको अनुमान गरिन्छ।

माडी मा रहेको वाल्मीकि अाश्रम , माहाभारतको बेला पान्डबहरु बनबास को बेला बन बिहार गर्ने क्रममा बसेको मानिने पान्डबनगर,पर्शुराम कुण्ड,बैकुण्ठ ताल ,छरछरे मेला ले धार्मिक पर्यटक तानीरहेको छ भने ऐतिहासिक महत्व बोकेको सोमेश्वरगढी माडीमा नै पर्दछ । नेपाल -अङग्रेज युद्ध को बेला निर्माण गरियको मानिने सोमेश्वरगढी नालापानी र देउथल को किल्ला जत्तिकै एेतिहासिक महत्त्व को रहेको कुरा त्यहाँ रहेका भग्नाबेषहरुले पुष्टि गर्दछन्। सोमेश्वरगढी मा रहेको मन्दिर, ढुङगा को डुङ्गा ,भरत कुण्ड ,जारकाटे ढुङ्गा ले सबैलाई अचम्मित बनाउछ भने तिनीहरुसग किम्बदनती पनि जोडियका छन् । माडी पर्यटनबोड को पहलमा माडि नगरपालिकाले सोमेश्वरगढी सम्म जाने बाटो को बिकास गरेपछी सोमेश्वरगढी जाने पर्यटक को संख्या उल्लेख्य मात्रामा बढेको छ ।
लक्ष्मीनिवासमा रहेको सहिद स्मारक पार्क मा निर्माण गरिएको टावरबाट समग्र माडी र पश्चिम चितवनका धेरै भाग सजिलै अवलोकन गर्न सकिन्छ । रातको समयमा त्यस टावरबाट बस्तीहरुमा बलेका बत्तीहरु हेर्दाको आनन्द ले पर्यटक तानीरहेको छ भने ,गोपालनगर मा रहेका माछ पोखरी कृषि पर्यटक को केन्द्र बनेको छ।
माडी नगरपालिका को केन्द्र मा रहेको बसन्तपुर बजारमा रहेका होटल,लज तथा सिबद्वार मा रहेका होमस्टे हरुले पर्यटक को बसाइलाई सहजता प्रदान गरेका छन्न भने समुहमा जाने पर्यटक हरुलाई माडी पर्यटन बोड र माडी नगरपालिकाले पनि सहजीकरण गर्ने गरेको हुदा माडी भ्रमण पर्यटक को लागि आकर्षण को केन्द्र बनेको छ।

सम्बन्धित समाचार

लोड हुदै....