Pardehshilife

नेपाली दुतावास दक्षिण कोरियाद्वारा संविधान दिवस मनाईयो ।

सोल । संवाददाता ।
नेपाली दुतावास दक्षिण कोरियाले आज राजधानी सोलमा संविधान दिवस मनाएको छ । दुतावासका कार्यवाहक राजदुत रामसिंह थापाको सभापतित्वमा भएको कार्यक्रममा केक काटेर मनाइएको हो ।


नेपाल सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाइने निर्णय गरे अनुसार कोरियामा मनाइएको हो । २०७२ सालमा आजको दिन संविधान घोषणा भएको दिन भएको हुदा यसको महत्व रहेको कार्यवाहक थापालेले बताउनुभयो ।

संविधान दिवसको अवसरमा शुभकामना दिदैं वहाले अब समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो । वहाँले नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको हुदा एक जना भएपनि नेपाल पर्यटक पठाउन सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपालमा लगानी गर्ने प्रमुख ५ राष्ट्रमा कोरिया रहेको जसमा औधोगित, जलविधुत, निर्माण जस्ता क्षेत्र पनि पनि वहाको भनाई थियो । सो कार्यक्रममा एन आर एन कोरियाका अध्यक्ष लक्ष्मी गुरुंग, नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष रंजन राज कुँवर , एन सी सी कोरियाका अध्यक्ष अन्जु केसी लगायत विभिन्न संघ संस्थाका पदाधिकारी तथा कोरिया स्थित नेपालीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

लोड हुदै....