Pardehshilife

नेकपा कोरियाको एकता र आगामी कार्यभार।

परशुराम सापकोटा।
लामो समयदेखि बिभिन्न स्वरुपमा चलिरहेको अधिकार प्राप्तिको आन्दोलनको परिणाम स्वरुप संबिधान सभाद्वारा निर्मित नेपालको संबिधान २०७२लागु भइ राजनीतिक अस्थिरतालाइ चिर्दै एउटा स्थिर राजनीतिक प्रणालिको बाटोमा नेपालको राजनीति आइपुगेको छ। राजनीतिक ब्यबस्था परिवर्तन गरेर वा संबिधानमाअधिकारहरु लिपिबद्ध गरेर मात्र राजनीतिक स्थिरता कायम हुन सक्दैन। त्यसको लागि संबिधानले ब्यबस्था गरेको राज्यको सम्पुर्ण अंगहरु बलियो, बिश्वस्निय र जनमुखि हुन जरुरि हुन्छ। यसै तथ्यलाइ मनन गर्दै नेपालको दुई ठुला कम्युनिष्ट पार्टी तात्कालिन ने क पा एमाले र तात्कालिन ने क पा माअोबादि केन्द्र बीच चुनावि गठबन्दन र गत जेठ ३ गते पार्टी एकता सम्पन्न गर्दै स्थिर सरकार निर्माणको माध्यमबाट राजनीतिक स्थिरताको एउटा भरपर्दो आधार तयार गरेको छ।जुन हामी सबैको लागि खुसिको बिषय पनि हो।

नेपालको इतिहाँसमा यो एउटा महत्वपुर्ण परिघटना हो। यसले मुलुकमा कायम बिकृति बिसंगतिहरु हटाउदै सुशासन द्वारा बिकसित नेपाल निर्माणमा महत्वपुर्ण योगदान गर्न सक्ने आधार तयार गरेको छ ।
पार्टी एकता गत जेठ ३मा घोषणा भएर केन्द्रमा एकिकरण र त्यसलाइ बैधानिकता दिनको लागि बिधान लगायतको आवश्यक प्रक्रिया पुरा भइ कानुनि रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) निर्वाचन आयोगमा दर्ता भइ क्रियाशिल भइसकेको अवश्था छ। दुइ ठुला पार्टिको एकिकरण र सो पश्चात निर्माण गर्नु पर्ने बिशाल पार्टीको सांगठनिक संरचनाका कारणले पार्टीको अन्तरिम बिधानमा उल्लेखित तल्ला कमिटिहरुको एकिकरणको काम अपेक्षाकृत ढिलो भइरहेको छ। यसमा नेतृत्व पङ्तिले समयमा नै ध्यान दिन नसक्दा पार्टि एकताबाट आम जन समुदायमा तथा कार्यकर्ताहरुमा श्रृजित सकारात्मक अपेक्षामा निराशा परिणत हुने खतरा पैदा भएको छ।
यसै सन्दर्भमा नेकपाको प्रवासमा रहेको संगठनहरुको एकिकरणको सन्दर्भमा पनि पार्टि केन्द्रको निर्णय अनुसार संगठन रहेको सबै देशहरुमा दुबै संगठनको प्रतिनिधित्व रहने गरि छुट्टा छुट्टै कार्यदल बनाइ नयाँ एकिकृत कमिटि गठनको लागि नामहरु सिफारिस गरि पार्टी केन्द्रमा पठाउने ब्यबस्था गरिएको छ।

यसरि कार्यदलले सिफारिस गरि पठाइएको नामहरुमा पार्टी केन्द्रले आवश्यक छानबिन गरि अनुमोदन गरे पछि सबै देशहरुमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रवास कमिटिहरु सक्रिय हुनैनै छन। पार्टी एकिकरण पहिले नेकपा एमालेको प्रवास कमिटि प्रवासी नेपाली मञ्च (ONF)नेकपा माअोबादि केन्द्रको प्रवास कमिटि जनप्रगतिशिल मञ्चलाइ एकिकरण गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास कमिटिको नाम “प्रवासी नेपाली एकता मञ्च “रहने ब्यबस्था गरिएको छ। अग्रेजीमा Overseas Nepali Unity Forumरहनेछ। छोटकरिमा ONUFभनिनेछ।
प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया गठनको लागि पनि पार्टीको निर्देशन अनुसार कार्यदलले आफ्नो जिम्मेवारि पुरा गरि अनुमोदनको लागि पार्टिमा सिफारिस गरि पठाइ सकेको छ। यसरि पार्टिले अनुमोदन गरि कमिटि गठनको प्रकृया पुरा गरिसके पछि प्रवासी नेपाली एकता मञ्चले आफ्ना गतिबिधिहरु सक्रियताका साथ सञ्चालन गर्नेछ। एकिकरण पश्चात कमिटिले मुख्य रुपले क्षेत्रिय कमिटिको एकिकरण, सबै क्षेत्रिय कमिटिहरुको एकता अधिबेशन र केन्द्रिय कमिटिको अधिबेशन गर्नेछ। यसरि सम्पन्न हुने प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अधिबेशनले प्रवासमा रहेको आम पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको आगामी दिनमा खेल्नु पर्ने भुमिकामा स्पष्ट हुदै तदअनुकुल अगाडि बढ्ने छ।
परिवर्तित राजनीतिक अवश्था र कुल जनसंख्याको झण्डै एक तिहाइ जनसंख्या प्रवासमा रहेको अवश्था बिध्यमान छ। जुन जनसंख्या देश बाहिर छ त्यो उत्पादनशिल उमेर समुहको युवा समुह नै छ। देशले प्रगति वा समृद्धि हासिल गर्न यो उमेर समुहको युवाहरुको सक्रिय सहभागिता बिना संभव हुदैन भने अर्को तिर अहिले देशको अर्थतन्त्रको ठुलो हिस्सा रेमिट्यान्सको माध्यमबाट यिनै युवाहरुले योगदान गरिरहेका छन। यो तथ्यलाइ आत्मासाथ गर्दै आगामि दिनमा प्रवासी नेपालि एकता मञ्चले प्रवासमा संगठन सञ्चालनमा तदअनुकुलको गतिबिधिहरु गर्दै जानु पर्ने हुन्छ। यसको लागि प्रवासी नेपाली मञ्चहरुले आफु रहेको मुलुकको नेपाली समुदाय र त्यो समुदायले त्यहाँ गरिरहेको कामहरु अनुसार आ-आफ्नो कार्यक्रम बनाउनु पर्छ।
हामी कार्यरत मुलुक दक्षिण कोरियामा रहेको नेपाली समुदाय अधिकांशत: निश्चित अबधि काम गरेर स्वदेश फर्कने नेपाली समुदाय नै छ। जुन सकारात्मक पनि हो। बिगतमा प्रवासी नेपाली एकता मञ्चहरुको गतिबिधिहरुबाट पाठ सिकेर आगामि दिनमा देशमा रहेको बिध्यमान समस्याहरुलाइ आ- आफ्नो ठाँउबाट योगदान पुर्याउन सक्ने गरि काम गर्नु मञ्चको जिम्मेवारि अन्तर्गत नै पर्दछ। प्रवासमा रहेर राजनीतिक संगठनमा काम गर्ने अबसर पाँउदा हामीले वर्तमानमा गर्न सक्ने भन्दा पनि स्वदेश फर्के पछि गर्न सक्ने वा योगदान गर्न सक्ने संभावना अधिक हुन्छ। देश सुगम देखि अति दुर दराजको ठाँउबाट समेत रोजगारिको शिलशिलामा कोरिया प्रवासमा आउनु भएका साथिहरु बीच अनुभबहरुको साटासाट मार्फत देश बुझ्ने एउटा महत्वपूर्ण अबसर हामीलाइ प्राप्त छ ।

यस अबसरलाइ हामीले बिभिन्न आयामबाट सदुपयोग गर्न सक्नु पर्दछ। यसबाट भोलि स्वदेश फर्के पछि राजनीतिमै सकृय रहदा वा अन्य कुनै पेशा ब्यबसाय नै गर्दाको अबश्थामा समेत ठुलो योगदान पुग्दछ। आगामि दिनमा मञ्चले यस दिशामा बिशेष ध्यान दिनु जरुरि हुन्छ। यसै गरि प्रवास बसाइको क्रममा देखेको भोगेको बिकास र सरकारि तथा सार्वजनिक क्षेत्रको सेवा प्रवाहको उचित ब्यबस्थापनको अनुभवलाइ स्वदेश फिर्ति पछि कम्तिमा पनि स्थानिय सरकार मार्फत श्रोत ब्यक्तिको रुपमा सेवा पुर्याउन पनि सकिन्छ। यो दिशामा पनि आगामि दिनमा मञ्चले आफ्नो गतिबिधिहरु गर्नु उपयुक्त हुन्छ।राजनीति बिसुद्ध समाज सेवा हो। समाज सेवामा लाग्नेहरुले ब्यक्तिगत स्वार्थ, पद र प्रतिष्ठालाइ कहिल्यै पनि केन्द्रबिन्दुमा राख्नु हुदैन।

राजनीतिमा आउनु भनेको एउटा निष्ठाको लागि मात्र हो। यो क्षेत्रमा संलग्न हुनेहरुसंग समाजले न्युनतम आदर्शताको माग गर्दछ। त्यसको लागि संगठनमा आबद्ध ब्यक्तिको इमान्दारिता, नियम कानुनको परिपालना अनिवार्य हुन जान्छ। यसो नहुने हो भने राजनीतिक संगठनको माध्यमबाट समाज परिवर्तनमा योगदान गर्छु भनेर भन्नु आडम्बर बाहेक केहि हुदैन। त्यसैले आगामि दिनमा संगठन यो कुरामा स्पष्ट हुन जरुरि छ।
सामुहिक र एकताबद्ध प्रयास बिना देशको समृद्धि र बिकास संभव हुदैन। बिकासको यस प्रयासमा सामाजिक जीवनको सबै पक्षसंग हातेमालो अत्यन्त जरुरि हुन्छ। त्यस माथि झन प्रवासि नेपालि एकता मञ्च र अन्य दलको प्रवास कमिटिहरुसंग पनि साझा मिल्ने कुराहरुमा सहकार्य गर्दै जानु पर्दछ। बिगतमा अनावश्यक बिषयहरुमा अनावश्यक बादबिवाद र प्रतिस्पर्धा गरेर मिल्ने साझा बिषयहरुमा समेत सहकार्य हुन नसकेको यथार्थलाइ आत्मासाथ गर्दै, यसमा पनि आगामि दिनमा प्रवासी नेपाली एकता मञ्चले काम गर्नु पर्छ।

प्रवासी नेपाली एकता मञ्चले आगामी दिनमा यहाँ रहेका अन्य संघ संस्थाहरुलाइ हेर्ने आफ्नो दृष्टिकोण पनि स्पष्ट गर्नु पर्ने देखिन्छ। बिभिन्न सामाजिक संघ सस्थाहरुले गर्ने व्यवसायिक तथा परोपकारि कार्यक्रमहरुको पारदर्शिता र अन्य पक्षहरुलाइ नजर अन्दाज गर्दै केबल आसन र भाषणको निम्ति मात्र सहभागिता जनाउनु उपयुक्त हुदैन। यस बिषयमा पनि कहि कतै बिकृति बिसंगतिहरु भएका छन भने यसलाइ हटाउन पहल कदमी लिन पनि आगामि दिनमा मञ्चले आफ्नो उद्देश्य बनाउनु उपयुक्त हुनेछ।
कोरियामा ब्यक्तिगत रुपमा पनि कतिपय अबश्थामा देशको प्रतिष्ठामा आज आउने, देश हित बिपरितको गतिबिधिहरु भइरहेको अबश्थामा पनि त्यस प्रकारका गतिबिधिलाइ निरुत्साहित गर्न आवश्यक कदम चाल्नु पर्ने हुन्छ।
समग्रमा प्रवासी नेपाली एकता मञ्चले आफ्नो गतिबिधि सञ्चालनको मुख्य उदेश्य अदक्ष कामदारको रुपमा प्रवासिनबाट बाध्य अहिलेको पुस्तालाइ स्वदेशमै उत्पादन मुलक काममा अबसरहरु सृजना गर्न सक्ने बनाउन र भावि पुस्तालाइ यो नियति भोग्न नपरोस भन्ने तर्फ सचेत गराउदै अावश्यक सहयोग गर्ने हुनु पर्दछ।

संसार भरको प्रवासी नेपाली एकता मञ्चहरुले समान किसिमको लक्ष्य निर्धारण गरि एक आपसमा सहकार्य गर्दै स्वदेश फिर्ता पश्चात पनि सुशासन र समृद्धिको अभियानमा संगठित प्रयास गर्ने वातावरण तयार गर्नु पर्दछ। यो नै आगामी दिनमा प्रवासी नेपालीहरुको तर्फबाट राष्ट्रको निमित्त गर्न सक्ने योगदान हो। यसको नेतृत्व प्रवासी नेपाली एकता मञ्चले लिनु पर्दछ। त्यसको अग्रसरता प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले लिदै “संमृद्ध नेपाल सुखि नेपाली “को राष्ट्रिय अभियानमा योगदान पुर्याउनु पर्दछ।
(लेखक Onf अध्यक्ष तथा प्रस्तावित onuf संयोजक हुन । )

सम्बन्धित समाचार

लोड हुदै....