Pardehshilife

धनकुटा सांस्कृतिक कार्यक्रमको कलाकारहरु कोरियामा

सोल दोङदेमुन नजिक जोङ नो ओ गा मा सेप्टेम्बर १२ मा हुने कार्यक्रम तयारी पुरा

सोल ।

छुसकको पहिलो दिन अर्थात सेप्टेम्वर १२ तारिक धनकुटा सेवा समाजले गर्न लागेको धनकुटा सांस्कृतिक सौगात भाग १ मा सहभागी हुन कलाकारहरु कोरिया आईपुगेका छन् ।

कार्यक्रममा अन्जु पन्त, पुस्पन प्रधान, निमा रुम्वा, भि टेन, देवेन चेमजोगं, साजन राई, जशोदा सुब्बा, आश्श्रा कुंवरले भब्य मनोरोञ्जन दिलाउनेछन् ।

दोगंदेमुन बाट नजिकै रहेको जुग्नो ओ गाको फेक छु न्यन खिन्यमग्वान हलको कार्यक्रम कलाकारहरुले भोली धुम मच्चाउने छन् ।

आयोजकलाई दोगंदेमुनबाट बसको ब्यवस्था पनि गरिएको छ । छुसकको पहिलो दिन टाढा टाढा आउने दर्शकहरुलाई ध्यानमा राख्दै कार्यक्रम दिउसो ठिक २ बजेबाट सञ्चालन गरिने आयोजकले जनाएको छ ।

विगत लामो समय देखि धनकुटा सेवा समाजले ओन्यगं ओछनमा घर नै भाडामा लिएर सेल्टर सञ्चालन गर्दै आएको छ । कोरियामा नेपालीहरुलाई परेका समस्या दुर्घटना, विमार, काम छोड्दा, तलव नपाउदा, थेजिकमको समस्या पर्ने नेपालीहरुलाई धनकुटा सेवा समाजले सहयोग गर्दै आएको छ । समाजले कोरियामा मात्र नभएर नेपालमा भुकम्प, बाढि, पहिरोमा परेका नेपालीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ भने शिक्षा स्वास्थ्य क्षेत्रमा पनि विपन्न परिवारलाई सहयोग गर्ने गरेको छ ।

सम्बन्धित समाचार

लोड हुदै....