Pardehshilife

तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसानद्वारा सोनाम ल्होछारको सम्पुर्ण तयारी पुरा

 तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान दक्षिण कोरियाको आयोजना र DSME तामाङ समाज गजेदो दक्षिण कोरियाको सह-आयोजनामा नेपाली राष्ट्रिय चाड एवंम् तामाङ समुदायको महान चाड मन्जुश्री सम्बत २८५५ औं सोनाम ल्होछार(फाग्/ड्वा ल्हो) को पावन अवसरमा फेब्रुअरी ३ तारीख आइतबार इन्जे युनिभर्सिटी किम्हेमा ‘’सोनाम ल्होछारको प्रर्वद्धन, हाम्रो साँस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण, हाम्रो राजनीतिक आधार ’’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको ‘’बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम २०१९’’ को सम्पूर्ण तयारी पुरा भएको छ।

कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार टिका बोम्जन र फुलकुमार बोम्जन तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको रहने सोनाम ल्होछार मूल आयोजक कमिटीका अध्यक्ष विश्वास ब्लोनले जानकारी दिनु भएको छ

साथै दिवा भोजको समेत व्यवस्था हुनेछ। तामाङ समाज ख्यङ्सङ्नाम्दो/बुसान दक्षिण कोरियाद्वारा सञ्चालनार्थ नि:शुल्क महिला आवास गृह “नानाआङा धिम किम्हे” को उद्धघाटन उक्त दिन कार्यक्रम स्थलबाटै हुने  जानकारी संस्थाका महासचिव मिलन थिङ तामाङले भन्नु भयो।

कोरियामा रहेको सम्पूर्ण नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाएर कार्यक्रमलाई भव्य र सभ्य बनाइ दिन आयोजकले हार्दिक अनुरोधका साथै सादर निमन्त्रणा पनि गरेको छ ।

साथै सो कार्यक्रममा नेपालीहaरुको रेमिट स्टार रेमिटको रजिष्टर लगायतको सुविधा समेत रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

लोड हुदै....