Pardehshilife

ड्राईभिङ सिटबाट पछाडि बस्छु मात्र भनेको हो ः एन आर एन अध्यक्ष भवन भट्ट (भिडियो सहित)

सोल ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष भवन भट्टले एन आर एनका अभियानहरु नितरन्तर हुनुपर्ने बताएका छन । एन आर एन कोरियाको सातौं अधिवेशन कोरियाको सोलमा सम्बोधन गर्दै प्रमुख अथिति भट्टले आफू ड्राईभिङ सिटबाट पछाडि बसेको बताएका छन । उनले अगाडि भने“बसको पछाडि बसेको हो आवश्यक परेको बेला अगाडि आएर चलाउन पनि सक्छु ।
जसको नेतृत्वमा भएपनि आफूले सक्दो सहयोग गर्ने पनि उनले बताए । आफू उम्मेदवार नहुने घोषणा गरेको उनले दुवै अध्यक्ष मध्ये जो अध्यक्ष भए पनि आफू साथमा हुने बताए ।

यसैगरी उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी एन आर एन ए को अभियानमा जित्ने भन्दा हार्ने धेरै हुने हुदा सबैलाई समेटेर लानु नेतृत्वको कर्तब्य भएका बताए ।

सेप्टेम्बर २१ मा उदघाटन सत्र र बन्द सत्र भएको अधिवेशनको दोश्रो दिन सेप्टेम्बर २२ मा निर्वाचन भएको थियो ।
सो अधिवेशनमा केन्द्रबाट आर के शर्मा , एन आर एन जापानका अध्यक्ष देवीलाई भण्डारी , जापानकै आईसिसि सदस्यहरु ओम गुरुंग र महेश श्रेष्ठ,पूर्व डिआरसी गोविन्द श्रेष्ठ, अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप शाह लगायतको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा एनआरएन एसिया प्यासिफिक सहसंयोजक(डिआरसि),पूर्व डिआरसी गंगा राज राई , एसिया प्यासिफिक महिला सह संयोजक जुनु गुरुंग, आई सि सि सदस्य लोचन राई , पूर्व अध्यक्ष केपि सिटौला, नेपाली दुतावास कोरियाका श्रम सहचारी डिल्ली राम बास्तोला,लगायत कोरियाका एन आर एनका पदाधिकारी तथा विभिन्न संघ को उपस्थिती रहेको थियो ।
यो पनि पढनुहोस ।

एन आर एन कोरियाको अध्यक्षमा यज्ञ रा ज सुवेदी विजयी (मत मरिणाम सहित)

सम्बन्धित समाचार

लोड हुदै....