Pardehshilife

जिउँदो छैन एनआरएनए कोरिया ?

    पाखुरीको गोलाइ र छातीको चौड़ाई नापीनापी मापदण्ड वनाउदै पुर्वका राइ,लिम्वु र पश्चिमको मगर,गुरुंगलाई लगेर आधुनिक विश्वमा आधिपत्य जमाउन खोजेको वेलायत। अनि त्यसैको पिडामा छटपटाउदा छटपटाउदै देशको वारेमा सोच्न नसकेको हाम्रो प्रवासी पुस्ताको विचमा करिव १६ वर्स पहिले नेपालमा निंरकुस व्यवस्था रहदा देशलाइ अव वनाउनु पर्छ भनेर कम्मर कस्ने र एनआरएनएको अवधारणा ल्याउने तमाम व्रिटेन लाहुरे दाइहरुप्रती सम्मान व्यक्त गर्दछु।छिटो आकर्षक रुपमा फैलिएको एनआरएनए यति लोकप्रिय भयो सिनेमाका आकर्षक संवाद देखी चिया चमेनाका चुस्की संगै गरिने
गफहरु विना एनआरएनएको विसय अपुरै हुनलागे। ठुला ठुला दर्सन र सिद्धान्तले राज्य वनाउछौ भन्दै विगुल पिट्ने दलका नेताहरु नतमस्तक हुदै अवको देश निर्माण विदेशिएको युवासिप र जागरणले वन्छ भन्न विदेश जानै परेन संसद भवनमै कुर्लन लागे अथवा एनआरएनको भुमिका दिनको घामजत्तिकै स्विकारीयो।संवैधानिक व्यवस्था तत्त वमोजिम वने एनआरएनले मन्त्रालय समान कामगर्न सक्ने व्यवस्था थपियो।
समयक्रम संगै जुन रफ्तारमा विकास भयो एनआरएनको भुमिका
त्यो रफ्तारमा नतिजा देखिएन अनि फेरी थोपरियो एनआरएनमा नेपाली राजनिती मौजूदाभयो।मानौ यो देशविकास हुननसक्ने रामवाणी
जो जहाँ प्रहार गरेपनी हुन्छ त्यसको समिक्षा गर्न पर्दैन।अथवा कुनै एनआरएनएको प्रगती प्रतिवेदन किन कार्यन्वयन भएन किन वैठकका एजेन्डा पानीको फोकाझै भए त्यो समिक्षा एनआरएनकर्मीको हैन।अव सवाल रह्यो केहोतएनआरएन?एनआरएन कर्मीको एजेन्डा केवल अवको निर्वाचनमा कुनदेशले अध्यक्ष जित्ने कस्ले महासचिव,कस्ले रेमिट्यान्स धेरै पठायो भनेर गाडकोराकोर गर्ने।नजिकिदै गरेको एनआरएन अधिवेसन र अमेरिकी च्यानल डिसी नेपालको अनलाइन प्रसारण हेर्दा अवत केही लेख्न करै लाग्यो।अलिकती युकेका लाहुरेहरुको पिडालाइ सापटी लिदै अलिकती आफ्नै प्रवासको पिडालाई निचोर्दै केही विसयहरु उठान गर्न आवश्यक ठानेको छु।विशेस तत्काल आफु रहेको देशको एनआरएनएवाटै परिवर्तन गर्न जरुरी छ मेरो व्रमाको अन्तर्य।
महजोडीले( ईश्वर तिम्ले जगत वनायौ)गित संगै कोरियाली नेपाली समाजमा गाडिदिएको एनआरएनको जरो ।अवैधानीक हुन्डीकारोवारीको व्यवसायिक वक्र हेराइमा जरै कुहिएर निस्पट तोंदेमुनको कुनै गल्लिमा लडिरहेको छ भन्दा सायदै मैले धेरै शोचिरहन नपर्ला।किन यति कमजोर स्थितिभयो यस्को लेखाजोखामा रमाउने र खरानीको महोत्सव मनाउने छुट अव कुनै कोरियाली नेपाली समाजको सदस्यलाई छैन।छत केवल यस्लाई हुर्काएर कसरी लैजाने र नतिजामुखी वनाउने।प्रतिक्रियाकोलागी हामी धेरै माहिर छौ पक्कै क्रियाको निमीत्त त्यतीकै उदासीन।धेरै गहिरो र पहाडे खस्नेवा कसैलाई आत्मासम्मान गिर्ने कुराले परिवर्तन दिदैन।करिव डेढ वर्सअगि भोटहालिएको एनआरएन किन आज जिउदै छैन?पक्कै चित्त दुख्नसक्छ एनआरएनकर्मीहरुमा तर विघानसभावाट पारित हरेक वर्स साधारण सभा गर्नुपर्ने कार्यसम्म गर्न नसकेपछी कम्तिमा मजत्तिको चेतले जिउदो भन्न मिल्दैन।फेरी भित्र भएका निर्णय र त्यसका माइनटहरु त मैले अन्दाज़ मात्र गर्न सक्छु।मानौ एनआरएन लौवरिलैमा हराएको छ।कता कति आक्कल झुक्कल अध्यक्षले ईलिगल मजदुरको वारेमा कड़किएर वोलेको पनि सुने स्वभाविकै हो ।तर एनआरएनले कुनै देशको संविधानको वारेमा टिप्पणी गर्ने हैसियत राख्दैन चाहे त्यो नेपालको कानुन होस वा सम्वन्धीत रास्ट्रको मेरो अध्यक्ष दुतावासले इलिगल मजदुर हेरेन भनेर कुर्लनुहुन्छ।एनआरएनको लक्ष्य उदेश्य स्पस्ट संविधानमा उल्लेख छ।देशको कानुनको अधिनमा देश विकासमा योगदानदिने अव यस्ले अधिकार माग्ने हैसियत कहाँ राख्छ।नेपालको संविधान र कोरियाको संविधान विपरीत गरिने सवै कार्यहरु आत्मारतिको सफलता वाहेक केही हैनन एनआरएनको हकमा।यो प्रती कम्तीमा अव वन्ने एनआरएन कोरियालाई जानकारि गराउनु हरेक कोरियाली नेपाली समाजका सदस्यको कर्तव्य हो।
विघान सभा भएन कुनै सदस्यले वुझ्नपाएन एकवर्स कसरी वित्यो।अव कस्ले निर्देशन गर्ने आधुनिक संवैधानिक व्यवस्था विपरीत वनाइएको संरक्षकले।५ क्लासको विधार्थीलाइ सोधौ संरक्षकको परिभासा अनि निरन्तर उत्तराधिकारवाल एनआरएनमा यो आवश्यक हो या हैन मतलव अव यो हटाउ।सम्मान भएन मेरो योगदानको क़दर भएन यो तपाइले सोचिरहदा किन एनआरएनए यति कमजोर भयो योपनि संगै सोचौ।फेरी जस्लाइ एनआरएन कोरियाक संरक्षक चाहिने उहाँहरु सवै एनआरएन विश्व,एसिया प्यासाफिकमा हुनुहुनेरहेछ अनि किन तपाइको पदलोलुपतालाई विकासको वाधक वनाउने।सम्मान चाहिनेलाइ सम्मान गरौला विल्ला चाहिनेलाई विल्ला तर यो जवान र आधुनिक मस्तिस्कवाला उर्जावान कार्यसमितीको ठेकेदार संरक्षक चै वस्ने चेस्टा नगरौ यो परिवर्तन गरौ कम्तिमा कोरियनको हकमा।संवैधानिक प्रावधान चाहिए नेपालको संविघानको संरक्षक रास्ट्रपती त्यो संविधानमुताविक वनेको एनआरएनएको संरक्षक संविधान भएनर त्यसको व्याख्याता र धाराहरु कोरिया एनआरएनको संरक्षक हुनसक्छ  व्यक्ती हैन।यो विसय कोरियाको नेपाली समाज र एनआरएनले राम्रो हेक्का राखोस।डेढ वर्स अगि १ महासचिव र दुई सचिवलाइ भोट हालियो अहिले त माइनट लेख्ने विचरो सदस्य कति पिडादायक अवस्था।कति महत्वकांक्षा नेपालीको एनआरएनको चुनाव जित्दैमा वा केही वन्दैमा कसैको जिवनको लेखाजोखा हुदैन फेरी हामीत पदलोलुप
नेपाली नेता भनेर थाक्दैनौ।जरुर यहाँ उठाउने विसय यदि कसैको भिसाको अवधी २ वर्स हुदैन भने त्यो एनआरएनको उमेद्वार वन्न लायक हुदैन यो अनिवार्य छ।पक्कै कतिपय ईपियस साथिहरुले चित्त दुखाउनुहोला तर समाज निकासको गति रोक्ने तपाइको महत्वकांक्षालाइ दिइदैन।संवैधानिक रुपमा पद खारेजी मान्छे मरेमा,पागल प्रमाणित भएमा वा अदालतले कसुर ठहर गरेमा यस्तै व्यवस्था हुन्छ।अव मेरो कोरियाको उमेर तोकिएको छ यो अकल्पनीय हैन जानाजान कसरी म एनआरएनमा उमेद्वार वन्न सक्छु।यो विसय अव अनिवार्य लागु गर्न जरुरी छ।विधार्थी,मजदुर वा व्यपारी जेसुकै जोसुकै होस तर पुरा कार्यकाल कोरियाको वसाइ अनुमती भए यो अहिलेको समस्या हलहुन्छ।
एनआरएनको अधिवेसन लाग्यो डिसी नेपाल देखी,जुनसुकै विदेशी नेपाली होटलमा वहस शुरु भयो अव के हुन्छ?को के हुने अक्सर कसैलाई सरोकार छैन अघिल्लो धुलिखेल वैठकले केके पास गर्यो र कार्यन्वयन कुन चरणमा छ।जटिलता नेपालको राजनितामा मात्रहैन तपाइहाम्रो खप्परमा वडीनै जकेडिएको छ।अव देशकै सर्वाधिक चर्चाहुने एनआरएन र विदेशीएको नेपाली विना देश वन्दैन भन्ने दर्सनको हेक्का सवै प्रवासी नेपालीले गरौ पदहरुले क़द वन्दैनन कुनै पद नलिनेहरु संसार हल्लाएर विदा भएकाछन कर्मप्रती विश्वास गरौ।अन्तमा सानो सोचको कोरियन समाजलाई भन्नै करलागो म एनआरएनको पदकों आंकक्षी हैन केवल जिम्मेवारीता महसुस मात्रहो।
ठगेन्द्र प्र. न्यौपाने प्रवासी नेपाली एकता मन्च दक्षिण कोरिया सदस्य।

सम्बन्धित समाचार

लोड हुदै....